विदुर – नुवाकोट मदिरा व्यवसायी सङ्घ पनि आन्दोलित भएका छन् ।
नेपाल मदिरा व्यावसायी महासङ्घले तहतग रूपमा ‘मार्जिन‘ बढाउने उत्पादकहरू सामु राखेको मागलाई वेवास्ता गरेको कारण महासङ्घको निर्णयमा एक्यबद्धता जनाउँदै नुवाकोट मदिरा व्यवसायी सङ्घले साउन २७ गते देखि ३० गतेसम्म मदिरा बिक्रि वितरणमा रोक लगाएको छ ।
जिल्लामा रहेका मदिरा वितरकको कुनै पनि समानको कारोबार व्यवसायीले नगर्न अनुरोध समेत गरेको छ।
थाेक बिक्रेताहरूले माग पूरा नगर्ने कम्पनीहरूकाे सामान बिक्रि वितरण नगर्न र यथाशीघ्र महासङ्घको माग सम्बोधन गर्न मदिरा उत्पादक कम्पनीहरुसँग जोडदार माग गरेको छ ।
माग सम्बोधन नभएमा महासङ्घले विभिन्न चरणबद्ध आन्दोलन गर्ने जनाएको छ ।

प्रतिक्रिया