+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा डेङ्गीका ६ जना बिरामी

डबली खबर
७ साल अगाडी

विदुर । नुवाकोटमा डेङ्गीका ६ जना बिरामी भेटिएका छन् ।

शुक्रबार विदुर नगरपालिकामा आयोजित पत्रकारसगँ अन्तरक्रिया कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सागर घिमिरले जिल्लाको विभिन्न स्थानमा गरि ६ जना डेङ्गीका बिरामी भेटिएको जानकारी दिए । घिमिरेले विदुर नगरपालिका वडा नम्बर ४ मा १ जना, वडा नम्बर ५ मा २ जना र बलेकोटगढी नगरपालिकाको विभिन्न वडामा ३ जना गरि ६ जना डेङ्गीका बिरामी भेटिएको बताए ।

कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले नगरपालिका क्षेत्रभित्र डेङ्गीका बिरामी भेट्ने बित्तिकै बिहिबारदेखिनै जनचेतनमलुक कार्यक्रमका साथै सरसफाईलाई अभियानको संचालन गरेको बताए । उनले बिरामी देखिएका क्षेत्रमा आफ्नो स्वास्थ्यकर्मी पठाउने र सके घरमै गएर शंकास्पद व्यक्तिको परिक्षण गर्न किटको समेत ब्यवस्था गर्न लागेको जानकारी दिए ।

नुवाकोटमा डेङ्गी राेग नियन्त्रण सचेतना एवं लामखुट्टेकाे लार्भा खाेजी तथ नष्ट अभियान कार्यक्रम गरेकाे छ ।

प्रदेश नम्बर ३ को सामाजिक विकास मन्त्रालयले डेङ्गी नियन्त्रण गर्न प्रदेशका सम्पूर्ण नागरिकलाई ‘खोज र नष्ट’ अभियानमा सहभागी हुन आह्वान गरेसँगै नुवाकोटमा प्रत्येक शनिबार बिहान ७ बजेदेखि ८ बजेसम्म आफ्नो क्षेत्रमा सामूहिक रूपमा सरसफाइ गर्ने, डेङ्गीका लार्भा खोज र नष्ट गर्ने अभियान चलाउने निर्णय गरेको छ ।

डेङ्गी रोग

डेङ्गी रोग फैलाउने एडिज नामक लामखुट्टेले जमेका पानीमा अण्डा पार्छ। त्यसैले यो रोग फैलनबाट रोक्न सबैभन्दा मुख्य काम पानी जम्ने ठाउँ नष्ट गर्नु नै हो।

अझ विशेषगरी सहरबजारतिर पुराना टायर यत्तिकै फालेर राखिएका छन् भने त्यसले लामखुट्टेलाई हुर्कने असाध्यै अनुकूल वातावरण दिन्छ।

विगतमा टायरकै कारण वीरगन्जमा डेङ्गीको प्रकोप फैलिएको थियो।

त्यतिखेर त्यहाँ आन्दोलन भयो र बसपार्कनिर धेरै टायर राखिएको एउटा ठाउँ रहेछ। तिनै टायर आन्दोलनकारीले जलाएपछि लगत्तै सङ्क्रमण स्वाट्टै घटेको थियो।

डेङ्गी रोगसम्बन्धी अनुसन्धानमा संलग्न उपप्राध्यापक रेश्मा तुलाधर भन्छिन्, “मोटर वर्कशप वरपर रहेका टायरहरूबाट सचेत हुनुपर्छ।”

“कतिपय ठाउँमा पानी जमेर नबसोस् भनेर त्यसरी फालिएका टायरमा प्वाल पारिदिने गरेको पनि पाएकी छु।”

त्यस्ता टायर वर्कशप काठमाण्डूमा पनि चक्रपथवरपर धेरै रहेको भन्दै उनले सचेत हुनुपर्ने बताए।

धेरै सङ्क्रमण कहाँ?

यसपालि डेङ्गी सङ्क्रमणको केन्द्रबिन्दु चुरे नजिकका क्षेत्र भएको जानकारहरू औँल्याउँछन्।

धरान, बुटवल, चितवनजस्ता ठाउँमा धेरै सङ्क्रमण देखिएका छन्। विगतमा दक्षिण तराईका वीरगन्ज, नेपालगन्ज, भैरहवाजस्ता ठाउँमा देखिएको थियो। खासगरी बर्खायाम सकिएपछि डेङ्गी झन् फैलने गर्छ।

नेपालमा डेङ्गी सङ्क्रमण

वर्ष बिरामी मृत्यु
2018 ८११ ३
2017 २,१११ ३
2016 १,५२९ २
2015 १३५ १
2014 ३५६ ०
2013 ६४२ ०
2012 १८३ ०
2011 ७९ ०
2010 ९१७ ५
2009 ३० ०

स्रोत: इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा

पानी जम्न नदिने र अन्य सचेतना अपनाइए यो फैलनबाट रोकिने हो ।

नेपालमा तीन-तीन वर्षको अन्तरालमा डेङ्गी सङ्क्रमणको प्रकोप देखिने गरेको छ। बच्चाहरूलाई सिकायो भने त्यो सबैभन्दा प्रभावकारी हुन्छ।

डेङ्गीको लक्षण कस्तो हुन्छ?

उच्च ज्वरो डेङ्गी रोगको प्रमुख लक्षणमध्ये एउटा हो। सुरुमा मन्द ज्वरो आउने र त्यो बढ्दै जान्छ।

केही व्यक्तिमा हाडका जोर्नी र मांसपेसी दुख्ने, छालामा डाबर अथवा बिमिरा आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने एवम् आँखाको गेडी दुख्ने हुन्छ।

रोगबाट बच्ने के कस्ता उपाय छन्?

  • लामखुट्टेको जीवनचक्रलाई नष्ट गर्ने
  • खुला स्थानमा पानी जम्मा नगर्ने वा हुन नदिने
  • पानी छोपेर राख्ने
  • शरीरको अधिकांश अङ्ग ढाक्ने खाले लुगा लगाउने
  • सकेसम्म फिक्का सेतो रङ्गको पहिरन लगाउने
  • दिनको समयमा टोक्ने लामखुट्टेबाट बच्ने
  • लामखुट्टेको टोकाइबाट बचाउने मलमहरू प्रयोग गर्ने

कस्ता मानिसले सतर्कता अपनाउनुपर्छ?

विज्ञहरूका अनुसार डेङ्गीबाट ज्यानै जाने सम्भावना भने कम हुन्छ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार समयमै उपचार गरे मृत्युदर एक प्रतिशतभन्दा कममा राख्न सकिन्छ।

तर यो रोग जुनसुकै उमेर समूहका मानिसहरूलाई लाग्न सक्ने भए पनि प्रतिरोधात्मक क्षमता कम हुने हुँदा बालबालिका र वृद्धवृद्धाले विशेष ध्यान दिनुपर्ने जनस्वास्थ्यविज्ञको सुझाव छ।

टायरको भूमिका के?

डेङ्गी रोग फैलाउने एडिज नामक लामखुट्टेले जमेका पानीमा अण्डा पार्छ।

“त्यसैले यो रोग फैलनबाट रोक्न सबैभन्दा मुख्य काम पानी जम्ने ठाउँ नष्ट गर्नु नै हो,” इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख डा. बाबुराम मरासिनीले बताए।

“अझ विशेषगरी सहरबजारतिर पुराना टायर यत्तिकै फालेर राखिएका छन् भने त्यसले लामखुट्टेलाई हुर्कने असाध्यै अनुकूल वातावरण दिन्छ।”

उनले विगतको उदाहरण दिँदै टायरकै कारण वीरगन्जमा डेङ्गीको प्रकोप फैलिएको सम्झना गरे।

“२०६३/६४ ताका वीरगञ्जमा निकै डेङ्गी फैलिएको थियो। झन्डै चार सयलाई सङ्क्रमण भएको थियो।”

टायर

स्रोत: बिबिसी

“त्यतिखेर त्यहाँ आन्दोलन भयो र बसपार्कनिर धेरै टायर राखिएको एउटा ठाउँ रहेछ। तिनै टायर आन्दोलनकारीले जलाएपछि लगत्तै सङ्क्रमण स्वाट्टै घटेको थियो।”

डेङ्गी रोगसम्बन्धी अनुसन्धानमा संलग्न उपप्राध्यापक रेश्मा तुलाधर भन्छिन्, “मोटर वर्कशप वरपर रहेका टायरहरूबाट सचेत हुनुपर्छ।”

“कतिपय ठाउँमा पानी जमेर नबसोस् भनेर त्यसरी फालिएका टायरमा प्वाल पारिदिने गरेको पनि पाएकी छु।”

त्यस्ता टायर वर्कशप काठमाण्डूमा पनि चक्रपथवरपर धेरै रहेको भन्दै उनले सचेत हुनुपर्ने बताइन्। (बिबिसिबाट)

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ