विदुर । नेपालका लागि सुजुकी आधिकारिक आयातकर्ता तथा बिक्रेता भीजी अटोमोबाइल्स प्रालिले दशैँ तथा तिहारलाई लक्षित गरी उपभोक्ता प्रवर्द्धन योजना ‘सुजुकी च च व्हील’ प्रारम्भ गरेको छ । जसअनुसार ग्राहकले सुजुकी ब्रान्डका कुनै पनि बाइक तथा स्कुटर किन्दा ग्यारेन्टीका साथ तुरुन्तै १० हजार र बम्परमा जिक्सर एस एफ २५० बाइक जित्न सक्नेछन् ।
च च व्हील अफर ग्राहकहरूको मन जित्ने कुरामा कम्पनी निश्चिन्त छ.। विभिन्न नवीनतम मोडल र डिजाइनहरूले गर्दा सुजुकी बाइक तथा स्कुटरले ग्राहकहरूको मन जितिरहेको अवस्थामा यस योजनाले ग्राहकहरूलाई थप उत्साहित बनाउने कम्पनीका मार्केटिङ म्यानेजर समित सिंहले बताए ।
नवीनतम प्रविधी तथा उच्चतम गुणस्तरले सुसज्जित २५० सीसीका जिक्सर मोटो जीपी, एस एफ र नेकेड भर्जनका साथै १५० सीसीमा पनि मोटो जीपी, जिक्सर एस एफ, र नेकेड भर्जन गरी ६ वटा भेरिएन्टमा ल्याएको नुवाकोटको लागि अधिकारिक बिक्रेता उत्सुक अटोमोबाइल्सका संचालक शरणउत्सुक सापकोटाले । यी बाइकहरू उच्चतम प्रविधीले सुसज्जित रहेकोले युवाहरूको आकर्षण बढिरहेको दावी कम्पनीको छ ।

प्रतिक्रिया