+
Search

ताजा अपडेट +

पपुलर +

ई–सेवाको ग्राहक संख्या २० लाख नाघ्यो, मर्चेन्ट संख्या २५ हजार

esewa online payment gateway users in nepal infrographics
डबली खबर
६ साल अगाडी

काठमाडौं । नेपालको पेमेन्ट गेटवे ‘ई-सेवा’ को ग्राहक संख्या २० लाख नाघेको छ ।

नेपालमा विभिन्न सेवा तथा किनमेलको भुक्तानी मोबाईल र इन्टरनेटमार्फत गर्न अभ्यस्त हुँदै गएपछि ई–सेवामा एकाउन्ट खोल्नेको संख्या तीब्र रूपमा बढ्दै गएको इसेवाका प्रमुख सञ्चालन अधिकृत रोशन लामिछानेले  जानकारी दिए ।

पछिल्लो समयमा सुरु गरेको ‘रिफर एण्ड अर्न’ अफरका कारण पनि इसेवामा खाता खोल्नेको संख्या बढेको हो । २५ जनवरी २००९ बाट सेवा सुरू ई–सेवाको मोबाईल एप्स् डाउनलोड गरी कारोबार गर्नेको संख्या पनि करिब १३ लाख पुगिसकेको छ । त्यस्तै, देशभर रहेका जोन, पोइन्ट तथा मोबाईल बैंकिङमार्फत करिब एक करोड जनाले उक्त सेवा लिइरहेका छन् ।

हाल इसेवाका देशभर करिब ५५ हजार एजेन्ट रहेका छन् । त्यसैगरी ई–सेवामा रहेका मर्चेन्टको संख्या पनि २५ हजारभन्दा बढी पुगेको छ । पछिल्लो समय विभिन्न रेष्टुरेन्ट, होटल, किराना पसलदेखि विभिन्न डिपार्टमेन्टल स्टोरसम्म ई–सेवाको ‘क्युआर कोड’ मार्फत रकम भुक्तानी गर्न सकिने भएपछि मर्चेन्टको संख्या बढेको हो । पान पसलदेखि ठुला डिपार्टमेन्टल स्टोरसम्म क्युआर कोडमार्फत भुक्तानी गर्न सकिने सुविधालाई इसेवाले आक्रामक रूपमा बढाउँदै लगेको छ ।

‘हामीले डिजिटल ट्वान्टी–ट्वान्टी भन्ने महत्वाकांक्षी योजना अगाडी सारिरहेको अवस्थामा इसेवामा मात्र खाता खोल्नेको संख्या २० लाख पुगेको छ,’ लामिछानेले भने, ‘हामी क्यासलेस सोसाइटी निर्माणको बाटोमा नजिक–नजिक पुगिरहेका छौँ ।’

ई–सेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल–कलेजको शुल्कलगायत सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ