sujim bazar advert

होटल तथा रेस्टुरेण्टमा खाद्य स्वच्छता कायम गर्न तालिम

    असार २९, २०७६

Sizen Education Consultancy Pvt. Ltd.

hotel food cleanliness training in nuwakot
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

विदुर, नुवाकोट । जिल्लास्थित होटल, रेस्टुरेण्ट तथा क्यान्टिन सञ्चालकहरुलाई खाद्य स्वच्छता सम्बन्धी तालिम प्रदान गरिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको आयोजनामा भएको तालिममा डिभिजनका निमित्त प्रमुख नवराज श्रेष्ठले भान्सा र काम गर्ने व्यक्तिको सरसफाइ, पकाएको र नपकाएको खाद्यवस्तुलाई छुट्टाछुट्टै राख्ने, राम्ररी पकाउने, सामान्य सुरक्षित तापक्रममा राखी संरक्षण गर्ने, सुरक्षित पानी र खाद्य वस्तुमात्र प्रयोग गर्ने कुराहरुको जानकारी गराएको थियो।

तालिममा होटल तथा पर्यटन व्यवसायी संघ प्रदेश ३ का संयोजक सन्तोष उप्रेतीले प्रदेशको सबै होटल तथा रेस्टुरेण्ट व्यवसायीहरुलाई स्वस्च्छ तथा गुणस्तरीय सामाग्री मात्र राख्न आग्रह गरेको बताए ।

त्यस्तै कार्यक्रममा नुवाकोट होटेल तथा रेस्टुरेन्ट ब्याबसायी संघका अध्यक्ष मधुसुदन थपलियाले आफुहरु जिल्लामा स्वस्थकर खाना बेच्न प्रतिवद्ध रहेको भन्दै आगामी दिनमा विभागसँग निरन्तर समन्वय गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

०७६ जेष्ठ ६ गते खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तर्गतका २४ डिभिजन कार्यालयहरुबाट उपभोक्ता भेला, खाद्य पोषण तालिम होटेल र रेस्टुरेन्ट तथा क्यान्टिन संचालकहरुलाई खाद्य स्वच्छ्ता सम्बन्धी तालीम, वडास्तरीय खाद्य स्वच्छता समुह गठन तथा परिचालन सम्बन्धि तालिम, होमस्टे संचालकहरुलाई खाद्य स्वच्छ्ता सम्बन्धी तालीम, खाद्य स्वच्छता तथा पोषण सम्बन्धी विद्यालयस्तरीय सचेतना कार्यक्रम, होटलस्तरीकरण लोगो वितरण कार्यक्रम, एस.पी.एस. सरोकारवाला अन्तरक्रिया लगायतका कार्यक्रमहरु गर्ने निर्यण गरेको थियो ।

विस्तृतरुपमा खाद्य स्वच्छता कार्यविधि पढ्नको लागि यहाँ क्लिक गर्नुहोला

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top