विदुर / विदुर नगरपालिका-९ हात्तिगौंडा बजारमा प्रतिक फेन्सी हाउस सञ्चालनमा आएको छ ।
विगत लामो समयदेखि स्टेशनरी र होटल तथा पर्यटन क्षेत्रमा कार्य गर्दै आएका पसलका सञ्चालक गोकर्ण रोक्काले पसलमा विशेषत: युवापुस्ताका लागि जारा, रिबोक, एडीड्यास ब्राण्ड लगायतका कपडा बिक्रीवितरण गरिने जनाएका छन् । पसलमा वृद्धवृद्धा तथा बालबालिकाकाे लागि पनि आवश्यक पर्ने फेन्सी सामग्री राखिएको रोक्काले बताए । पसलमा नेपाली उत्पादन ढाकाका खादा, टाेपी, जुत्ता रहेको छ ।
जिल्लामा व्यावसायिक रुपमा विकास हुँदै गएपछि विशिष्टि पहिचानको साथ जीवनशैली परिवर्तनको लागि पहिरनको आवश्यक रहेकोले फेन्सी पसलतर्फ लागेको रोक्काले बताए ।
भैरुम माध्यमिक विद्यालय हात्तिगौंडाको सटरमा संचालनमा ल्याएको पसलले कोलेनी लगायत, त्रिशुली, माछापोखरी, जफती, राईसिङ्ग, देउराली लगायतका बासिन्दाहरु लाभान्वित हुने जनाएको छ ।

प्रतिक्रिया