२०८१, १३ बैशाख बिहीबार

“खल्ती” बन्यो इनोभेशन फन्डको विजयी

    असार २० २०७६ १८:२७

khalti nepal wallet
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं / नेपाली स्टार्टअप कम्पनी खल्तीले फिनटेक इनोभेशन फन्ड जितेको छ ।

इनोभेशन फन्ड संयुक्त राष्ट्र संघ अन्तर्गतको संयुक्त राष्ट्र संघीय पूँजी विकास कोष (यूएनसीडीएफ) र एशिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्र संघीय आर्थिक तथा सामाजिक आयोग (यूएनईस्क्याप) ले आयोजना गरेको थियो ।

खल्तीसँगै एशिया र प्रशान्त क्षेत्रका १० ओटा उद्यमहरू उक्त इनोभेशन फन्डमा विजयी भएका छन् । उक्त फन्ड जितेपछि खल्तीले महिलाले नेतृत्व गरेका लघु, साना र मझौला आकारका उद्यमको व्यवसाय वृद्धि र बजार विस्तारका लागि सहयोग कार्यक्रम ल्याउने भएको छ ।

खल्तीले यसका लागि ३ हजार ५०० महिला आबद्ध भएको सञ्जाल सार्क बिजनेश एशोसिएशन अफ होम बेस्ड वर्कर्स (सबह) नेपालसँग सहकार्य गर्ने बताएको छ ।

सबह नेपालले गृहिणीको शीपलाई व्यवसायीकरण गरी विभिन्न सामान उत्पादन गर्दै आएको छ । परियोजना सञ्चालन गर्न यूएनसीडीएफ र युनेस्क्यापले खल्तीलाई वित्तीय र प्राविधिक सहयोग प्रदान गर्नेछन् ।

यसअन्तर्गत संखुवासभादेखि दार्चुलासम्मका १२ जिल्लामा ३ हजार ५०० भन्दा बढी महिला उद्यमीलाई सहयोग गरिनेछ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top