+
Search

ताजा अपडेट +

पपुलर +

आज १४ घण्टा सुर्य देख्न पाइने

sunset view from nuwakot
डबली खबर
६ साल अगाडी

नुवाकोट / सामान्यतः आजको दिन पृथ्वीको दक्षिणी गोलार्द्धमा दिन छोटो र उत्तरी गोलार्द्धमा दिन लामो हुने गर्दछ। नेपालमा सूर्योदय र सूर्यास्तको बीचको समयअनुसार आजको दिन झण्डै १४ घण्टाको हुनेछ ।

आज काठमाडौंमा विहान ५ बजेर ९ मिनेटमा उदाएको घाम बेलुकी ७ बजेर ३ मिनेटमा अस्ताउने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। भोलिदेखि भने दिन छोटो र रात लामो हुनेछ।

आजदेखि औपचारिक रुपमा गर्मी शुरु भएको मानिन्छ। सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो अक्षमा पृथ्वीको ढल्काईका आधारमा सूर्यको प्रकाश धेरै समय पर्ने भएकाले सामान्यतयाः २१ जुनमा दिन लामो हुन्छ।

अन्तर्राष्ट्रिय समय अनुसार लामो दिन जुन २० देखि २२ तारिख भित्र कुनै एक दिन पर्छ। डिसेम्बर २१ तारिखमा भने सूर्यको प्रकाश पृथ्वीमा कम पर्ने भएकाले दिन सबैभन्दा छोटो र रात लामो हुने गर्छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ