विदुर / रिलायन्स लाइफ इन्स्योरेन्स लिमिडेटले “रिलायन्स मुद्दती निक्षेप सुरक्षा योजना” सार्वजनिक गरेको छ ।
नियमित वा एकमुष्ठ बीमा शुल्क भुक्तानीे, दोब्बर रक्षावरण र बीमा अवधिभर बीमाङ्कको वार्षिक ५ प्रतिशतको दरले रकम फिर्ता पाइने लगायतका सुविधा रहेको इन्स्योरेन्सले जनाएको छ । साथै अतिरिक्त बीमा चालू रहेको अवस्थामा बीमितको मृत्यु भएमा कूल बीमाङ्क वा बीमाङ्कको दोब्बर रकम बार्षिक भुक्तानी गरिसकेको रकम नकटाई र बोनस एकमुष्ठ रुपमा भुक्तानी गरिने इन्स्योरेन्सले जनाएको छ ।
बीमा अवधिको समाप्तिमा बाँकी बीमाङ्क रकम र आर्जित बोनस एकमुष्ठ रुपमा बीमितलाई भुक्तानी गरिने योजनाको विशेषता रहेको छ ।
बीमालेखको निरन्तरता रहुन्जेलसम्म सुरक्षाको साथै वार्षिक रुपमा निश्चित रकम प्राप्त हुने हुँदा भविष्यमा आइपर्ने बित्तीय आवश्यकताहरु पूरा गर्न एक उत्तम विकल्पको रुपमा इन्स्योरेन्सले यस योजना ल्याएको हो ।
प्रतिक्रिया