+
Search

ताजा अपडेट +

पपुलर +

सरकार भ्रष्टाचारीलाई प्रश्रय दिन उद्यत : महत

Prakash Sharan Mahat
डबली खबर
७ साल अगाडी

इटहरी / नेपाली काँग्रेसका नेता प्रकाशशरण महतले कर वृद्धि र भ्रष्टाचारीलाई प्रश्रय दिने कार्यमा सरकार उद्यत रहेको बताउनुभएको छ ।

प्रेस युनियन सुनसरीले इटहरीले गरेको पत्रकार सम्मेलनमा बोल्दै महतले सरकारदेखि जनता वाक्कदिक्क भइसकेको बताउनुभयो । दुरसञ्चार प्राधिकरणको प्रमुखमा दिगम्बर झालाई नियुक्ति गरिनु सरकारको चरित्र स्पस्ट रहेको महतले भन्नुभयो । त्यस्तै, सरकार देश र जनताको शान्ति सुरक्षामा चुकेको बताउनुभयो । सरकारमा रहेको नेकपाले चुनावताका बाँडेका आश्वासन झुटा सावित भएको र यसको फैसला आगामी ४ वर्षमा जनताले गर्ने उनको भनाइ थियो ।

सरकारमा रहेको नेकपाले चुनावताका बाँडेका आश्वासन झुटा सावित भएको र यसको फैसला आगामी ४ वर्षमा जनताले गर्ने महतले भन्नुभयो ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ