२०८१, १३ बैशाख बिहीबार

आठौँ हेल्थ अवार्ड हुँदै, छ विधामा सम्मान गरिने

    असार १९ २०७५ १९:०८

swasthya khabar award
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौँ। स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका व्यक्ति एवं संस्थालाई स्वास्थ्य खबरपत्रिकाले हरेक वर्ष स्थापना दिवसको अवसरमा ६ विधामा सम्मान गरिने भएको छ ।

अवार्डमा सहभागी हुन असारमसान्तभित्र स्वास्थ्य खबरपत्रिकाको कार्यालयमा वा इमेल swasthyakhabar@gmail.com मार्फत आवेदन दिन सकिनेछ। आफ्नो स्वास्थ्यप्रति सचेत रहन तथा स्वस्थ र क्रियाशील जीवनयापनका लागि प्रेरणा दिने उद्देश्यले ‘हेल्थ अवार्ड’ प्रदान गर्न लागिएको स्वास्थ्य खबरपत्रिकाका प्रकाशक अनिल न्यौपानेले जनाएको छ ।

आठौँ हेल्थ अवार्डका लागि उत्कृस्ट चिकित्सक, उत्कृस्ट जनस्वास्थ्यकर्मी, उत्कृस्ट स्वास्थ्यकर्मी, उत्कृस्ट नर्स, उत्कृस्ट स्वास्थ्य संस्था वा अस्पताल र उत्कृस्ट सामाजिक संस्था विधाहरु रहेको हेल्प अवार्ड कमिटी, स्वास्थ्य खबरपत्रिकाले जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top