२०८१, १२ बैशाख बुधबार

आज भोलि पर्ने आकाशेपानी संकलन नगरौं : चिकित्सक

    असार ४ २०७५ १५:३३

rainwater save nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौ/वैशाख जेठको खडेरीले पानीको मूल सुकेर आकुल व्याकुल भएको बेला असार लाग्न साथ परेको पानी संकलन गर्न तम्सिनु त भएको छैन ? यदि हिजो आज परेको पानी संकलन गरेर भविश्यमा खानेपानीको गर्जो टरौंला भन्ने सोचमा हुनुहुन्छ भने त्यसो नगर्नुहोस् ।

हिजो आज परेको पानी विगतको असार साउनमा परेजस्तो पानी नभई हिलो मिसिएको प्रदुषणयुक्त भएकाले आकाशको पानी संकलन गरेर प्रयोग गर्नु हानिकारक हुने चिकित्सकहरु बताउँछन् ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानूमान महाशाखाले काठमाडौं सहित देशको विभिन्न ठाउँमा अझै केही दिन हिलो मिसिएको पानी पर्ने जनाएको छ ।
विभागले मनसुन सक्रिय नभएसम्म आज भोलि पर्ने पानी प्रयोग नगर्न सर्वसाधारणलाई सार्वजनिक आव्हान समेत गरेको छ ।

भारतको राजस्थानको धुलो नेपालको पश्चिमी भूभागबाट प्रवेश गरी पुर्वीय हावासँग मिसिंदा आकाशे पानीमा मानव तथा पशुपंक्षीका लागि हानिकारक हुने हिलो मिसिएको बर्षा भएको विभागले जनाएको छ ।

हिलो मिसिएको पानी शौचालयमा हाल्न, आँगन पखाल्न प्रयोग गर्न मिले पनि पिउने प्रयोजनका लागि प्रयोग नगर्न मौसमविद मीनकुमार अर्यालले आग्रह गर्नुभयो ।

हिलो सहितको धमिलो पानीका कारण महामारी फैलन सक्ने भन्दै सचेत रहन चिकित्सकले आग्रह गरेका छन् । धूलोको कण सँगै संक्रमित रोगका किटाणुहरु आउन सक्ने सम्भावना भएकाले यस्तो पानी प्रयोग गर्न नहुने सरुवा रोग विषेशज्ञ डा.शेरबहादुर पुनले आग्रह गर्नुभयो । उहाँले वर्षाको पानी जथाभावी प्रयोग नगर्न सुझाव दिनुभयो ।

‘वायुमण्डलमा धूलो सघन रहँदा हानिकारक पदार्थ, रासायनिक पदार्थ, जीवाणु आदि समेत हुने भएकाले केहि दिन बर्षाको पानी प्रयोग नगर्नुहोला’ उहाँले भन्नुभयो ।

यो पानीको सेवन गरेमा झाडाबान्ता, टाइफाइड, जन्डिसजन्य समस्या, छालाको एलर्जी, आँखाको एलर्जी तथा अन्य महामारी फैलिने सम्भावना हुन्छ । -सम्पन्नसञ्चार

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top