२०८१, १२ बैशाख बुधबार

चौँथो सुन्दरादेवी म्युजिक अवार्डः प्रेमध्वजलाइ लाइफ टाईम, कसले कुन अवार्ड पाए सुचिसहित

    जेष्ठ २९ २०७५ २१:४६

Nuwakot Sundaradevi Award
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काभ्रे / नुवाकोट शानको रुपमा रहेको ‘सुन्दरादेवी सन्देश म्युजिक अवार्ड’ को चौथो संस्करण सम्पन्न भएको छ ।

शनिवार काभ्रेको बनेपामा एक भव्य कार्यक्रमबीच अवार्ड समारोहमा वरिष्ठ गायक प्रेमध्वज प्रधानलाई लाइफ टाइम एचिभमेन्ट अवार्डको साथै नगद ११ हजार १ सय ११ रुपैयाँ र सम्मान गरेको सुन्दरादेवी सन्देश म्युजिक अवार्डका अध्यक्ष किरण अधिकारीले बताउनुभयो ।

राम अविरल थापालाई रङ् पत्रकारिता र शिवराम भण्डारीलाई लोक सञ्चारकर्मी सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । सञ्चारकर्मीद्वयलाई ५ हजार ५ सय ५५ रुपैयाँ र सम्मान गरिएको थियो ।

त्यस्तै मच्छेश्वर सापकोटालाई दीर्घ कलाकारिता सम्मान र हरि कमाचार्यलाई कलाकारिता सम्मान प्रदान गरिएको अधिकारीले बताउनुभयो ।

अवार्डमा लोक, आधुनिक, तामाङ सेलो, पपसहित गीत, सङ्गीत, शब्द, म्युजिक भिडियोलगायतमा उत्कृष्ट पाँचबाट सर्वोत्कृष्टलाई अवार्ड प्रदान गरिएको थियो ।

अवार्डलाई सभ्य र भव्य बनाउनका लागि सहयोग गर्ने सम्पूर्णमा धन्यवाद दिदै उत्कृष्टबाट सर्वोत्कृष्टलाई अवार्ड प्रदान गरिएको अध्यक्ष अधिकारीले बताउनुभयो । अवार्ड तेस्रो संस्कणदेखि राष्ट्रियस्तरमा भएको हो ।

‘नेपाली गीत सङ्गीत हाम्रो पहिचान, सञ्चार संस्थाबाट कलाकार सम्मान हाम्रो अभियान’ भन्ने मूल नाराको साथ मोफसलको नुवाकोटबाट प्रकाशित हुने सुन्दरादेवी सन्देश साप्ताहिकको आयोजनमा भएको हो । यस अवार्डको व्यवस्थापन नाटेश्वर कला केन्द्र तथा इभेन्ट म्यानेजमेन्ट प्रा. लि. नुवाकोटले गरेको थियो ।

nuwakot-third-sundaradevi-award

अवार्ड बिजेताहरु अनि विधा

राष्ट्रिय गीत: हाम्रो नेपाल राम्रो नेपाल

मेन्दोमायातर्फ:

गायक सागर एस वाईबा
गायिका:  लक्ष्मी स्याङ्तान

मोडल:

पुरुष: राजकिङ वाईबा
महिला: एन्जिला वाईबा
जुरि अवार्ड: शिल्पा तामाङ
ईन्करेजमेन्ट: एरिन तामाङ
पब्लिक च्वाईस: रोम लामा

पपतर्फ:

गायक: डेभिड शङ्कर
गायिका: केन्जुमा सुब्बा
मोडेल पुरुष: पुष्प खड्का
मोडेल महिला: आरुशी मगर
शब्द: राज सागर र सङ्गीत सन्तोष श्रेष्ठ

आधुनिकतर्फ:

गायक: शिब परियार
गायिका: सरु गौतम
मोडेल: पुरुष देबेन्द्र छेत्री
मोडेल: महिला मन्जिता केसी
निर्देशक: माधब खरेल
छायाँकार: जनकराज अधिकारी
सम्पादक: तुलसी बास्कोटा
गीतकार: किरण केसी
नवगायिका: सारिका घिमिरे
ईन्करेज्मेन्ट: सिमान्त सन्तोश
एसएमएस: उशा सुवेदी
पब्लिक च्वाईस: पुरुष निराजन प्रधान
पब्किक च्वाईस: महिला सगुन साही
जुरी: बिरेन्द्र भाट, बिपिन र किरण नेपाली

उच्कृष्ट लोक गीततर्फ:

प्रकाश सपुत

लोक दोहोरि तर्फ

गायक: रामजी खाँड
गायिका: सम्झना लामिछाने

सुन्दरादेबी पपुलरतर्फ

पुरुष: प्रकाश कटुवाल
महिला: अमृता लुङ्गेली मगर

सुन्दरादेबी पपुलर प्रतिभा निर्देशन

बबिता श्रेष्ठ

 

Image may contain: 5 people, people standing

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top