sujim bazar advert

चौँथो सुन्दरादेवी म्युजिक अवार्डः प्रेमध्वजलाइ लाइफ टाईम, कसले कुन अवार्ड पाए सुचिसहित

    जेष्ठ २९, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

Nuwakot Sundaradevi Award
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

काभ्रे / नुवाकोट शानको रुपमा रहेको ‘सुन्दरादेवी सन्देश म्युजिक अवार्ड’ को चौथो संस्करण सम्पन्न भएको छ ।

शनिवार काभ्रेको बनेपामा एक भव्य कार्यक्रमबीच अवार्ड समारोहमा वरिष्ठ गायक प्रेमध्वज प्रधानलाई लाइफ टाइम एचिभमेन्ट अवार्डको साथै नगद ११ हजार १ सय ११ रुपैयाँ र सम्मान गरेको सुन्दरादेवी सन्देश म्युजिक अवार्डका अध्यक्ष किरण अधिकारीले बताउनुभयो ।

राम अविरल थापालाई रङ् पत्रकारिता र शिवराम भण्डारीलाई लोक सञ्चारकर्मी सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । सञ्चारकर्मीद्वयलाई ५ हजार ५ सय ५५ रुपैयाँ र सम्मान गरिएको थियो ।

त्यस्तै मच्छेश्वर सापकोटालाई दीर्घ कलाकारिता सम्मान र हरि कमाचार्यलाई कलाकारिता सम्मान प्रदान गरिएको अधिकारीले बताउनुभयो ।

अवार्डमा लोक, आधुनिक, तामाङ सेलो, पपसहित गीत, सङ्गीत, शब्द, म्युजिक भिडियोलगायतमा उत्कृष्ट पाँचबाट सर्वोत्कृष्टलाई अवार्ड प्रदान गरिएको थियो ।

अवार्डलाई सभ्य र भव्य बनाउनका लागि सहयोग गर्ने सम्पूर्णमा धन्यवाद दिदै उत्कृष्टबाट सर्वोत्कृष्टलाई अवार्ड प्रदान गरिएको अध्यक्ष अधिकारीले बताउनुभयो । अवार्ड तेस्रो संस्कणदेखि राष्ट्रियस्तरमा भएको हो ।

‘नेपाली गीत सङ्गीत हाम्रो पहिचान, सञ्चार संस्थाबाट कलाकार सम्मान हाम्रो अभियान’ भन्ने मूल नाराको साथ मोफसलको नुवाकोटबाट प्रकाशित हुने सुन्दरादेवी सन्देश साप्ताहिकको आयोजनमा भएको हो । यस अवार्डको व्यवस्थापन नाटेश्वर कला केन्द्र तथा इभेन्ट म्यानेजमेन्ट प्रा. लि. नुवाकोटले गरेको थियो ।

nuwakot-third-sundaradevi-award

अवार्ड बिजेताहरु अनि विधा

राष्ट्रिय गीत: हाम्रो नेपाल राम्रो नेपाल

मेन्दोमायातर्फ:

गायक सागर एस वाईबा
गायिका:  लक्ष्मी स्याङ्तान

मोडल:

पुरुष: राजकिङ वाईबा
महिला: एन्जिला वाईबा
जुरि अवार्ड: शिल्पा तामाङ
ईन्करेजमेन्ट: एरिन तामाङ
पब्लिक च्वाईस: रोम लामा

पपतर्फ:

गायक: डेभिड शङ्कर
गायिका: केन्जुमा सुब्बा
मोडेल पुरुष: पुष्प खड्का
मोडेल महिला: आरुशी मगर
शब्द: राज सागर र सङ्गीत सन्तोष श्रेष्ठ

आधुनिकतर्फ:

गायक: शिब परियार
गायिका: सरु गौतम
मोडेल: पुरुष देबेन्द्र छेत्री
मोडेल: महिला मन्जिता केसी
निर्देशक: माधब खरेल
छायाँकार: जनकराज अधिकारी
सम्पादक: तुलसी बास्कोटा
गीतकार: किरण केसी
नवगायिका: सारिका घिमिरे
ईन्करेज्मेन्ट: सिमान्त सन्तोश
एसएमएस: उशा सुवेदी
पब्लिक च्वाईस: पुरुष निराजन प्रधान
पब्किक च्वाईस: महिला सगुन साही
जुरी: बिरेन्द्र भाट, बिपिन र किरण नेपाली

उच्कृष्ट लोक गीततर्फ:

प्रकाश सपुत

लोक दोहोरि तर्फ

गायक: रामजी खाँड
गायिका: सम्झना लामिछाने

सुन्दरादेबी पपुलरतर्फ

पुरुष: प्रकाश कटुवाल
महिला: अमृता लुङ्गेली मगर

सुन्दरादेबी पपुलर प्रतिभा निर्देशन

बबिता श्रेष्ठ

 

Image may contain: 5 people, people standing

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top