२०८१, ११ बैशाख मंगलवार

राष्ट्रिय सरसफाइ अभियान वर्ष मनाइने

    जेष्ठ १६ २०७५ ०९:०८

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौँ/सरकारले आव २०७५/७६ लाई राष्ट्रिय सरसफाइ अभियान वर्षका रुपमा मनाउने भएको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले आज संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको बजेट वक्तव्यमा आगामी तीन वर्षभित्र सबै नेपालीलाई आधारभूत सरसफाइको पहुँच सुनिश्चित गर्न राष्ट्रिय सरसफाइ अभियान वर्ष मनाउने भएको हो ।

सरकारले शहरी क्षेत्र, राजमार्ग आसपास र सार्वजनिकस्थानमा सुविधासम्पन्न स्मार्ट शौचालय निर्माण गर्न आवश्यक रकमसमेत विनियोजन गरेको छ । सबै घरमा शौचालय निर्माण गरी नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिने भएको छ ।

यसैगरी खुला दिसामुक्त क्षेत्रमा स्थानीय तहको सहकार्यमा पूर्णसरसफाइ कार्यक्रम सञ्चालन गर्नुका साथै संगठित क्षेत्रको सामाजिक उत्तरदायित्वको रकमसमेत यसै कार्यक्रममा परिचालन गरिने बजेट वक्तव्यमा उल्लेख छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top