विदुर । त्रिशुली मेडिकल कलेजका दोश्रो वर्षमा अध्यनरत विधार्थीहरुले पौष्टिक आहार प्रदर्शनी गरेको छ ।
पाँच वर्ष बालबालिकाहरुको पालनपोषणमा ध्यान दिनुपर्ने सन्तुलित आहारको प्रदर्शनी गरिएको विद्यार्थी अनुश्री सिंह ठकुरीले बताए ।
दैनिक जीवनमा पौष्टिक आहारको महत्व र यसको उचित खानपानले बालबालिकाहरुको विकासस्तरमा टेवा पुर्याउने अभिप्रायले जनचेतनामुलक प्रदर्शनी गरिएको कलेजका संयोजक हरिकृष्ण श्रेष्ठले बताए ।
प्रतिक्रिया