sujim bazar advert

निति र नियम नमान्ने यातायात व्यवसायीलाई चेतावनी

    माघ १५, २०७४

Sizen Education Consultancy Pvt. Ltd.

bidur buspark interaction program
Big Education Consultancy Nuwakot
global ime bank flash loan

विदुर । विदुर नगरपालिकाभित्र संचालन हुने सवारीसाधन र सडकलाई नियमन गरी व्यवस्थापन गरिने भएको छ ।

विदुर नगरपालिकाले आयोजना गरेको विनपा वडा नं. ४ स्थित बसपार्क संचालन र शहरको अव्यवस्थित ट्राफिक व्यवस्थापन छलफल तथा अन्तरक्रिया कार्यक्रममा बढ्दै गईरहेको शहरीकरणलाई मध्यनजर गरी ट्राफिक व्यवस्थापनको विधि र कानुनको अधिनमा रहि सबैले नियम मान्नुपर्नै अन्यथा कानुन बमोजिम कारवाहि गरिने विदुुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले बताए । साथै नियम उल्लंघन गर्ने यातायात व्यवसायि तथा सबैलाई कडा कारवाही गरिने चेतावनी दिए ।

त्यस्तै कार्यक्रममा विदुर नगरपालिकाकी उपप्रमुख गीता दाहालले बसपार्कको काउन्टर बजार एरियाबाट हटाई बट्टार बसपार्कमा पुर्याएरै छाड्ने बताए । अविलम्ब बसपार्कमा मात्र टिकट काउन्टर संचालन गर्न समेत दाहालले आग्रह गरेका छन् ।

कार्यक्रममा विनपा वडा नं १ का वडाध्यक्ष लेनिन रञ्जितले स्थानीय सवारीसाधनहरुले  बजार एरियामा जाम बढाएको भन्दै तत्काल व्यवस्थापन नगरे नगरको सौन्दर्य हराउने बताए ।

त्यस्तै विनपा वडा नं ५ का वडाध्यक्ष शिवकुमार चित्रकारले यातायात व्यवसायिहरुले व्यत्तिगत स्वार्थको लागि मानविय संमवेदनाको समेत वास्ता नगरि यातायात संचालन गरेको आरोप लगाए । अव्यवस्थित सवारीसाधनहरुको पार्किक हटाउन व्यवसायीहरु नै प्रतिवद्ध हुनुपर्नै बताए ।

कार्यक्रममा विनपा वडा नं ४ का वडा सदस्य वसन्त रिजालले बसपार्क छिटोभन्दा छिटो संचालन गरि नगरवासीलाई राहत दिनुपर्ने माग गरे ।

स्थानीय सवारीसाधनहरु फोहोर र पुरानो भएको भन्दै यसतर्फ पनि ध्यान दिई नगरपालिकाभित्र गुड्ने सवारीसाधनको मापदण्ड तोकिनुपर्ने नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका अध्यक्ष कपिलदेव खनालले बताए।

यातायात क्षेत्रको विकृति यातायात व्यवसायिले मात्र ल्याएको भन्ने आरोपको खण्डन गर्दै बसपार्क संचालनमा आफुहरुले कुनै पनि अवरोध नगरेको पासाङल्हामु यातायात व्यवसायी समितिका प्रतिनिधि हरिप्रसाद न्यौपानेले बताए । बसपार्क संचालन नै गर्ने हो भने सबै टिकट काउन्टरहरु बसपार्कमा मात्र हुनुपर्ने बताए ।

यातायात व्यवसायीहरुले भने नगरपालिकाले सबै आफुलाई सहज हुने हिसावले मात्र नितिनियम बनाएको बताएका छन ।

बसपार्कमात्र पुग्नुपर्ने बाध्यताले यात्रुहरु र व्यवसायीहरुलाई मर्का पर्ने नगर यातायात व्यवसायीका प्रतिनिधिले बताए ।

कार्यक्रममा भएको निर्णयहरु:

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top