sujim bazar advert

श्रीकृष्ण सहकारीको नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

    पुस २०, २०७४

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

नुवाकोटको विदुर-४ वट्टारमा रहेको श्रीकृष्ण वचत तथा ऋण परिचालन सहकारी संस्थाको नवनिर्वाचित कार्यसमितिले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।

वुधवार सहकारीको कार्यालयमा सम्पन्न शुभकामना आदानप्रदान कार्यक्रममा विदुर नगरपालिका वडा नं ४ का वडाअध्यक्ष टलकमान श्रेष्ठ, नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तारावहादुर कार्की, प्याब्सन केन्द्रीय सदस्य रामहरी रिमाल, नुवाकोट उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष धननारायण चित्रकार, संस्थापक अध्यक्ष विष्णुप्रसाद नेपाल, पुर्व अध्यक्ष हरिप्रसाद घिमिरे संस्थाका निवर्तमान अध्यक्ष रामप्रसाद अधिकारी लगायतले नयाँ कार्यसमितिलाई शुभकामना दिनुभयो ।

कार्यक्रममा विदुर ४ का वडाध्यक्ष श्रेष्ठले नवनिर्वाचित कार्यसमितिलाई पद तथा गोपनियताको सपथ खुवाउँदै प्रमाणपत्र वितरण गर्नुभयो । यसअघि, सहकारी संस्थाको विसौ वार्षिकोत्सव तथा नवौ अधिबेशनले आगामी तिन वर्षे कार्यकालको लागि केशवप्रसाद अधिकारीको अध्यक्षतामा एघार सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको छ ।

कार्यसमितिको उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा वच्चुमाया सुनारी, श्रीराम नेपाल र हरिशरण रिमाल चयन भएका छन् । यस्तै कार्यसमिति सदस्यहरुमा दिपवहादुर अधिकारी, गजेन्द्र खड्का, निर्मला खड्का, दिपकप्रसाद अधिकारी, जानुका रिमाल र हेमन्तराज घिमिरे चयन भएका छन् ।

यस्तै, अधिबेशनले तिवारीको संयोजकत्वमा नवराज कोईराला र प्रमिला नेपाल रहेको लेखा समिति चयन गरेको छ । यस्तै, दिपकप्रसाद अधिकारी अध्यक्ष रहेको ऋण उपसमितिमा केशवप्रसाद अधिकारी र कृष्णवहादुर अधिकारी चयन भएका छन् ।

अधिबेशनको शनिवार एक कार्यक्रमका विच नुवाकोट उद्योग वाािण्ज्य संघका अध्यक्ष तारावहादुर कार्कीले उद्घाटन गर्नुभएको हो ।

निवर्तमान अध्यक्ष रामप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा अध्यक्ष अधिकारीको भावि कार्यक्रम, कोषाध्यक्ष हरिप्रसाद अधिकारीको अनुमानित आयब्यय विवरण र लेखा संयोजक जीवनकुमार घिमिरेको लेखा समिति प्रतिवेदन प्रस्तुत भएको छ ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top