२०८१, १२ बैशाख बुधबार

बट्टार सहकारीको २२ औं साधारण सभा

    पुष १ २०७४ १९:२१

Shree Battar Cooperative
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

बट्टार । बट्टार सहकारी संस्था लिमिटेडको २२ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । २०५३ साल भदौ ३० गते बट्टार मुख्य बजारमा स्थापना भएको उक्त सहकारीले विभिन्न कार्यक्रमको आयोजना गरि बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

जिल्ला सहकारी संघ लिमिटेड नुवाकोटका अध्यक्ष राजेश श्रेष्ठले बट्टार सहकारी संस्था लिमिटेड नुवाकोटका सहकारीहरुका लागि आर्दश र नमूनाको रुपमा रहेको बताउनुभयो । सरकारलाई कर तिर्ने सहकारी संस्थामा समेत अब्बल रहेको भन्दै सरकारले सम्मान समेत गरेको स्मरण गर्दै उहाँलेब बट्टार सहकारीले आफ्ना शेयर सदस्यहरुका लागि उन्नत कार्य गर्दै आएको बताउनुभयो ।

स्थापना समयमा २५ जना सदस्यले दुई/दुई सय रुपैयाँ जम्मा गरेर सुरु भएको सो सहकारीको हाल झण्डै चार करोड रुपैयाँ शेयर पुँजी रहेको छ । सहकारीका अध्यक्ष ओमप्रकाश श्रेष्ठका अनुसार चालु आर्थिक बर्षमा २९ करोड १४ लाख रुपैयाँ ऋण लगानी र २७ करोड ५५ लाख असुली भएको छ । बट्टार सहकारी संस्थाले गएको आर्थिक वर्षमा नेपाल सरकारलाई १५ लाख भन्दा बढी कर र सञ्चालन मुनाफा कर ३ लाख रुपैयाँ तिरेको थियो ।

नुवाकोट जिल्लामा सञ्चालनमा रहेका मध्ये पुरनोमा समेत पर्ने सो सहकारी संस्था जिल्लामै बढी कारोवार गर्ने संस्थाको रुपमा रहेको छ । साविकको विदुर नगरपालिका कार्यक्षेत्र रहेको बट्टार सहरकारीमा हाल १४ सय ५० सदस्य रहेका छन् । संस्थाका उपाध्यक्ष टलकमान श्रेष्ठका अनुसार त्यस मध्ये ६०६ महिला, ८५१ पुरुष र १७ संस्थागत सदस्य रहेको छ ।

२१ वर्ष पुरा गरी २२ वर्ष प्रवेश गरेको अवसरमा आयोजित उक्त बार्षिक साधारण सभामा सहकारीले आफ्नो जेष्ठ सदस्यको सम्मान समेत गरेको छ । संस्थाले हरेक पर्ष बार्षिक साधारण सभामा ७० वर्ष पुरा भएका आफ्ना सदस्यहरुलाई सम्मान गर्दै आएको छ । यस क्रममा यो पाली राजबाबु श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । २०६८ सालबाट सुरु भएको यो सम्मान अन्र्गगत हालसम्म २४ जनाको सम्मान भईसकेको सहकारीका ब्यवस्थापक हरिप्रसाद जोशीले बताउनुभयो ।

कार्यक्रममा अध्यक्ष ओमप्काश श्रेष्ठले बार्षिक प्रगती प्रतिवेदन तथा भावी रणनीति, लेखा संयोजक नवराज न्यौपानेले आथिृक प्रतिवेदन, ऋण उप समितिका संयोजक मोहनबहादुर अर्यालले संस्थाको लगानी तथा असुलीको अवस्थालाई प्रस्तुत गर्नुभएको थियो । बार्षिक साधारण सभामा विभिन्न व्यक्तिहरुले सफलताको शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top