sujim advert

दीपाको पिरतीको छातामुनी हरिवंश !

    ८ वर्ष अगाडि

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

bidur tax consultancy services in nuwakot
रियल लाइफमा अझैसम्म अविवाहित निर्देशक, निर्मात्री तथा हास्यकलाकार दीपाश्री निरौलाले पर्दामा भने कलाकार दीपकराज गिरीको श्रीमतीको भूमिका धेरैपटक निर्वाहा गरेकी छिन् । हास्यटेलिसिरियल ‘तितो सत्य’मा दीपक र दीपाको जोडी देख्न पाइन्थ्यो । पछिल्लो समय फिल्म निर्माण र निर्देशनमा सक्रिय दीपा नयाँ फिल्ममा भने हास्यकलाकार हरिवंश आचार्यको श्रीमती बनेकी छिन् ।
धमाधम छायांकन भैरहेको फिल्म ‘शत्रुगते’मा हरिवंश र दीपा श्रीमान-श्रीमतीको भूमिकामा देखिँदैछन् । हालैमा फिल्मको सुटिङ सेटबाट एक तश्वीर बाहिरिएको छ, जसमा दीपाले हरिवंशलाई पिरतीको छाता ओढाएकी छिन् अनि हरिवंश ट्याक्टर चलाइरहेका छन् । तश्वीरमा यो जोडीलाई निकै ‘क्यूट’ देखिएको छ ।
नायक पल शाह र नायिका आँचल शर्मा यो फिल्मका मुख्य कलाकार हुन् ।  प्रदीप भट्टराईले निर्देशन गरेको यो फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरी पौडेल, प्रियंका कार्की, राजाराम पौडेल लगायतका कलाकारहरुको पनि अभिनय छ । -फिल्मीखबर
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top