sujim bazar advert

गोलाप्रथाबाट प्रमुख र सहायक मतदान अधिकृत छानियो

    कार्तिक ३०, २०७४

Sizen Education Consultancy Pvt. Ltd.

Map of Nuwakot
Big Education Consultancy Nuwakot
global ime bank flash loan

विदुर/यसपटकको निर्वाचनमा आफ्नो पक्षको कर्मचारी खटाउने सेटिङ गरिरहेका नुवाकोटका प्रमुख दलका नेताहरूलाई निर्वाचन आयोगले नराम्रोसँग झट्का दिएको छ । तोकिएको केन्द्रमा नजाने, टाढा जान नरुचाउने, पहँुचका भरमा नजिकै बस्न खोज्ने तथा कतिपय अवस्थामा ‘सेटिङ’ नै मिलाएर धाँधली गर्न खोज्ने प्रवृत्तिले निर्वाचनमा कर्मचारी परिचालन ज्यादै चुनौती र कठिन बन्दै आएको छ । यस्तो प्रवृत्तिलाई रोक्न यसपटक निर्वाचन आयोगले प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन (जनशक्ति व्यवस्थापन) निर्देशिका संशोधन गरी लागू गरेको छ ।

यसअनुसार निर्वाचन गराउन खटिने प्रमुख मतदान अधिकृत र सहायक मतदान अधिकृतको छनोट गोलाप्रथाद्वारा नुवाकोटमा पनि गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । नुवाकोटमा सुरक्षाकर्मीबाहेक २ हजार ७८ कर्मचारी निर्वाचन गराउन छनोट भएका छन् ।

आयोगले निर्देशिकाको पहिलो संशोधन आइतबार स्वीकृत गरी कार्यान्वयनका लागि पास भएपछि प्रमुख र सहायक मतदाता अधिकृत तजबिजीमा नभई गोला थुतेर उनीहरूकै भाग्यका आधारमा छनोट गरियो ।

मतदान केन्द्रमा खटिएर निर्वाचन निष्पक्ष र धाँधलीरहित बनाउन प्रमुख र सहायक मतदान अधिकृतको ठूलो भूमिका हुन्छ । जिम्मेवारी र भूमिकाले अतिसंवेदनशील मानिने उनीहरूको नियुक्ति यसअघि पहँुच र तजबिजीका आधारमा हुँदै आएको थियो । प्रमुख र सहायक मतदान अधिकृतका रूपमा निजामती कर्मचारी र शिक्षक खटिने हुँदा छनोटमा उनीहरूका पेसागत सङ्गठन हाबी हुन्थे भने दलहरूले समेत चुनावी परिणाम आफ्नो पक्षमा पार्न छनोटमा तीव्र दबाब दिन्थे ।

संशोधित निर्देशिकाले निर्वाचन अधिकारी र प्रमुख जिल्ला अधिकारीको रोहवरमा गोला हाली प्रमुख र सहायक मतदान अधिकृत छनोट गरेर मतदान केन्द्रमा खटाउने व्यवस्था गरेको छ । ‘बिनादबाब स्वतन्त्र ढङ्गले मतदान अधिकृत छनोट गरी खटाउने व्यवस्थाले निर्वाचनको निष्पक्षता अझ बढाउँछ,’ नुवाकोटका प्रमुख जिल्ला अधिकारी जगदीशराज बरालले त्रिशूली प्रवाह साप्ताहिकसँग भने, ‘पहुँचका आधारमा रोजेको केन्द्रमा जान आवश्यक दबाब सिर्जना गरी कर्मचारी व्यवस्थापनमा हुने भद्रगोल यसले रोक्नेछ ।’

निर्देशिकाको व्यवस्थाअनुसार निर्वाचन प्रयोजनका लागि प्रमुख जिल्ला अधिकारीले तयार पारेको अतिसंवेदनशील, संवेदनशील र सामान्य मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृतका रूपमा खटिने कर्मचारीको स्थायी ठेगानासहितको सूची तयार गरी अलग–अलग गोला हाल्नुपर्नेछ । ‘गोलाप्रथाद्वारा छनोट भएका कर्मचारीलाई मतदान केन्द्रको मतदान अधिकृत र सहायक मतदान अधिकृतको रूपमा खटाउनुपर्नेछ,’ निर्देशिकाको दफा १० क मा थप गरिएको छ ।

कर्मचारी व्यवस्थापन गर्न निर्देशिकामा थपिएको व्यवस्थाअनुसार पहिले मुख्य र सहायक मतदान अधिकृतको रूपमा खटिने सम्भावित कर्मचारीहरूको सूची बनाइनेछ । त्यसपछि मतदान केन्द्रको नाम लेखिएका अलग–अलग गोला एउटा टोकरीमा राखेर बन्द गरिनेछ । मतदान अधिकृत, सहायक मतदान अधिकृतको रूपमा खटिने कर्मचारी र शिक्षकको नाम, दर्जा, ठेगाना र कार्यरत स्थान लेखिएको गोला अलग–अलग तीन टोकरीमा राखी बन्द गरिनेछ । बन्द ती टोकरीलाई निर्वाचन अधिकृतको कार्यालयका सहायकस्तरका कर्मचारीले राम्ररी हल्लाएर एउटै टोकरीमा मिसाउने छन् ।

त्यसपछि एउटा टोकरीबाट कर्मचारीको नाम र अर्को टोकरीबाट केन्द्र लेखिएको गोला निकालेर प्रमुख र सहायक मतदान अधिकृतको छनोट र मतदान केन्द्र तोकिनेछ । यसरी छानिएका कर्मचारी र केन्द्रको विवरण अभिलेख गरी निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी र निर्वाचन अधिकारीबाट दस्तखत भएपछि मात्र सार्वजनिक गर्नुपर्ने व्यवस्था संशोधित निर्देशिकामा गरिएको छ ।

र यो पनि,

नुवाकोटको लागि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा खटिने कर्मचारीहरुको विवरण (फाईल सहित) 

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top