२०८१, ११ बैशाख मंगलवार

के हो अटिजम ! अटिजम भएका बालबालिकालाई कसरी हुर्काउने ?

    कार्तिक २५ २०७४ १३:२९

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

दिपा पराजुली नेपाल / अटिजम भन्ने शव्द हामी मध्ये धेरैलाई थाहा नहुन सक्छ । हामी मध्ये केहीले सुनेको भए पनि अटिजमको अर्थ भने थाहा नहुन सक्छ । अटिजम न्यूरोडेभलोपमेन्टल समस्या हो । ज्ञानको अभावमा अटिजमलाई बौद्धिक अपांगता भन्ने पनि गरिएको छ तर,वास्तवमा अटिजम बौद्धिक अपांगता भने होइन । यो कुनै वंशाणुगत कारणले हुने रोग पनि होइन । अटिजमको खास कारणभने विश्वमा आजसम्म पनि पत्ता लाग्न सकिरहेको छैन । सिडीसीको तथ्यांक अनुसार विश्वमा जन्मिएका ६८ जना बालबालिका मध्ये एक जनामा अटिजमको समस्या देखिएको छ । जसमध्ये पनि ५ जना पुरुषमा हुँदा १ जना मात्र महिलामा हुने गरेको तथ्यांकले देखाएको छ ।

अटिजम भएका व्यक्तिमा देखिने तीन मुख्ख समस्या :

१. सञ्चार गर्न गाह्रो
२. सामाजिकीकरण हुन नसक्नु
३. सोचाईमा लचकता

यस्तो अवस्थामा अटिजमको शंका गर्न सकिन्छ

  • यदि बच्चा कसैसंग बोल्दैन भने
  • बच्चाले बोलाउदा हेर्दैन भने
  • बच्चा अरुसग खेल्दैन भने

हो यदि तपाइँहरुलाई पनि आफ्नो बच्चा यस्तो लागिरहेको हुन सक्छ यदि यस्तो हो भने अटिजम त छैन नि भनेर चेक गर्नुस । सामान्यत हरेक बच्चाले आफुले हरेक समयमा गर्नुपर्ने कृयाकलाप स्वाभाविक रुपले गर्नुपर्ने हुन्छ गरेको छ छैन याद गर्नुपर्ने हुन्छ । यदि समयभन्दा अघि वा पछि गर्छ भने केही खराबी छ भनेर सोच्नुपर्दोरहेछ । अनि अर्को कुरा आफ्नो बच्चाले आँखामा आँखा जुधाउछ कि जुधाँउदैन ? बोलाउँदा रेस्पन्स गर्छ कि गर्दैन, यस्ता कुरा पनि ख्याल गर्नु पर्दो रहेछ ।

यी त भए अटिजमको बारेमा सामान्य जानकारी अव म मेरो जीवनको सत्य घटना यहाँहरुलाई बताउन गइरहेको छु । सुखी दाम्पत्य जीवन पश्चात मेरो कोखमा जन्म लिएको मेरो पहिलो छोरा नै अटिजमको शिकार भयो जुन मेरो कल्पना भन्दा धेरै परको कुरा थियो । त के गर्नु नियतीको खेलमा सबै कुरा भोग्नु नै पर्ने रहेछ ।

घरमा छोरा जन्मेको खुशियालीमा परिवारभित्र बाहिर जताततै खुशियाली छाएको थियो । छोरा क्रमश बढ्दै गयो तर हुर्केको १८ महिनापछि एक्कासी छोरालाई अटिजम भएको थाहा हुन गयो । अहिले मेरो छोरो ३ बर्ष ६ महिनाको भएकोे छ । मैले उसलाई अटिजम भनि थाहा पाउँदा १८ महिनाको थियो । सुरुमा सानो छँदा उ एकदमै चञ्चले र बाठो थियो । दादा,बाबा बोल्दै हिंड्थ्यो छोरा १५ महिनाको भएर हिंड्न थाल्दा हामी यति धेरै खुशी भयौं कि जसको बयान म शव्दमा गर्न सक्दिन । त्यतिखेर हामिले बाबु अरुभन्दा फरक छ भन्ने पत्तो नै पाएनौं ।

                                तस्विरमा दिपा पराजुली उनका श्रीमान र छोरा

हामीले बिस्तारै पत्तो पायौं उ अरु बच्चा भन्दा फरक व्यवहार गर्दौ रहेछ । उसको बोली आइसकेपछि पनि यदि उसलाई केही चाहियो भने नबोली कन हामीलाई डोराएर सामान भएठाउँसम्म लान्थ्यो । यस्तै रहेछ अटिजमको लक्षण पछि पो थाहा पायौं । अटिजमको लक्ष्यण घुलमिल नहुनु , आइ कन्ट्याक्ट नगर्नु नै मुख्य रहेछ तर हामीले यी कुराहरु ख्याल नै गर्न सकेनौं । हुन पनि हाम्रो के दोष थियो र न त अहिलेसम्म परिवारमा अटिजम भएको कोही थियो न हामिले त्यस्तो केही सोचेकै थियौं ।

सर्वप्रथम बाबुलाई अटिजमका बारेमा थाहा पाउँदा यो जीवनभरी रहिरहने रोग हो भन्ने सुन्दा मन नै सम्हाल्न सकेनौ एकदमै नराम्रो लाग्यो ।के दिन के रात हाँसो – खुशी सबै भुलिसकेको थिएँ । जव अटिजम केयर नेपाल गएर अटिजम सम्वन्धी साढे दुई महिनाको ‘मदर्स चाइल्ड ट्रेनिङ’ लिएँ त्यसपछि मेरो जीवनले अर्कै मोड लियो । सबैलाई त्यहाँ देखेपछि हौसला बढ्यो । अटिजमलाई पनि बुझ्ने अवसर पाएँ । समय सधै एकैनास हुदैन आफूले आफैंलाई धैर्य र आँट गर्न सिक्नुपर्दोरहेछ । जसमा परिवारको साथ अति नै आवश्यक हुदोरहेछ भन्ने कुरा मैंले भोगेर बुझें ।

सुरुमा त अटिजमको बारेमा थाहा नभएर रुढीवादी परम्परामा विश्वास लागेर नबोल्ने बच्चा कता कता मन्दिर लगे बोल्छ भनेर म पनि एक बर्ष जति हजारौ मन्दिर चारें । त्यसपछि नभएर नेपालका भएभरका डाक्टरलाई पनि देखाइ भ्याएँ । अन्तमा मात्र पत्ता लाग्यो अटिजमको । मैंले त दुख पाएँ पाएँ तर मैले जस्तो दुख यहाँहरुले भोग्नुनपरोस भनेर आफूले जानेका दुई चार शव्द कोरेकी छु । तपाइहरुलाई पनि रोगबारे जानकारी भएपछि नआत्तिनुहोस भनेर यो आफ्नै जीवनको भोगाइहरु नेपालखवरडेलीमा लेखि पठाएकी छु ।

किनकी अटिजम भएको बच्चाको लागि पहिलो शिक्षक वा गुरु जे भनेपनि परिवारको सदस्य नै हो । उनीहरुलाई आइ कन्ट्याक बढाउने, बबल्स ब्लो गर्ने, लाईट बल बालेर गुडाइ बोलाउने आदि गर्नुपर्छ । कतिको त फाइन मोटर, ग्रेस मोटर पनि हुदैन उनीहरुलाई माटो,गेडागुडी,बालुवा,क्लेहरु खेल्नदिने खाली समयमा कुनै न कुनै कृयाकलाप गराइ व्यस्त बनाउने गर्नुपर्छ । उनीहरुले खाली समय सदुपयोग गर्न जानेका हुदैनन । अर्को महत्वपूर्ण कुरा अटिजम भएका व्यक्तिहरु भिस्कोट लर्नर हुन । उनीहरु भिडियो वा तस्विरबाट चाँडै बुझ्दछन् । अटिजम भएका व्यक्तिहरुलाई काम गराउदा भिडियो वा तस्विरको माध्यमबाट गराउनुपर्दछ । जसले उनीहरुलाई काम गर्न सजिलो हुन्छ । अटिजममा कोही भर्वल त कोही नन भर्वल हुन्छन जे भएपनि उनीहरुको सञ्चार भनेको तस्विर नै हो । अटिजम भएका व्यक्ति बैज्ञानिक देखि ठूल्ठूला खेलाडी सम्म हुन सक्छन तर उनीहरुलाई परिवारले राम्ररी इन्ट्रयाक्सन गर्नुपर्दछ । त्यसका लागि अटिजमका बारेमा जान्नु जरुरी छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top