२०८१, १३ बैशाख बिहीबार

पार्टीले गर्ने निर्णयमा परिवारवादको कुरा छैन : रमेशकुमार महत

    कार्तिक १७ २०७४ १३:०३

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

– नुवाकोट क्षेत्र नं. १ को प्रदेश सभा ‘ख’बाट लोकतान्त्रिक गठबन्धनका उम्मेदवार

ठूला नेताहरू समानुपातिकमा बस्ने कि प्रत्यक्षमा चुनाव लड्ने भन्ने कुरा पार्टीले निर्णय गर्ने विषय हो । प्रत्यक्षमा लड्दा विपक्षलाई गाह्रो भएको होला, काङ्ग्रेसलाई त सजिलो भएको छ नि ?

नेपाली काङ्ग्रेस नुवाकोटका युवा नेता रमेशकुमार महत नुवाकोट क्षेत्र नं. १ को प्रदेश सभा ‘ख’बाट लोकतान्त्रिक गठबन्धनका उम्मेदवार हुन् । पञ्चकन्यामा जन्मिएका महत नेपाल विद्यार्थी सङ्घको विभिन्न तहमा काम गर्दै जिल्ला कोषाध्यक्ष बनेका हुन् । नेपाली काङ्ग्रेसको विभिन्न पदमा जिम्मेवारी सम्हाल्दै जिल्ला सचिव बनिसकेका छन् । जिल्ला सभापतिमा थोरै मतले पराजित महत हाल काङ्ग्रेस महासमिति सदस्य हुन् । हाल जनताको घरदैलोमा मत माग्न व्यस्त रहेका महतसँग डबली खबरले गरेको कुराकानीको सारंश:

चुनावी अभियान कस्तो चलिरहेको छ ?

मनोनयन सकिएपछि गाउँगाउँमा घरदैलो गर्ने, भेला–बैठकहरू गर्ने, मतदाताहरूलाई आफ्ना पार्टीका कार्यक्रम तथा एजेन्डाबारे बताउने–बुझाउने काम भइरहेको छ ।

तपाईंले के आधारमा टिकट पाउनुभयोे ?

हाम्रो पार्टीको टिकट छनोट प्रक्रिया आफ्नैखाले छ । पार्टीको क्षेत्रीय कमिटी, जिल्ला कमिटीबाट सिफारिस भएर आएका नाममा छलफल हुने हो । पार्टी केन्द्रले विभिन्न निकायबाट बुझेर कसलाई उम्मेदवार बनाउँदा मतदातालाई आकर्षित गर्न सकिन्छ, बढी मत ल्याएर कसले विजय प्राप्त गर्न सक्छ भन्ने कुराको केन्द्रीय तहमा छलफल भएर मैले टिकट पाएको हुँ । अर्को कुरा, सो क्षेत्रमा विकास निर्माणमा मैले पु¥याएको योगदानको पनि कदर भएको रूपमा मैले दिएको छु । सरकार तथा गैरसरकारी तवरबाट हुने काममा मैले विकासमा ठूलो योगदान दिएको छु ।

तपाईंको काका डा. रामशरण महतको कारण टिकट पाएको भन्ने चर्चा छ नि ?

राजनीतिका कसै न कसैको कारणले आएको हुन्छ । कोही पार्टीका कारणले कोही व्यक्तिका कारणले । पार्टीमा लाग्यो–लागेन । कति जनताको काम ग¥यो कति पार्टीको काम ग¥यो त्यो पनि हेर्नुपर्छ । स्वाभाविक हो, मैले डा. रामशरण महतज्यूको नेतृत्वमा जति कामहरू गरँे उहाँको नेतृत्वको छवि मलाई मन परेर नै म निरन्तर जनताको काममा खटिइरहेको छु ।

एकाघरलाई टिकट दिइयो भनेर आरोप लागिरहेको छ, असन्तुष्ट साथीहरूलाई कसरी समेट्नुहुन्छ ?

असन्तुष्टिको टुङ्गो त लागिसक्यो । एउटा निर्णयले सबैलाई न्याय हुन सक्दैन । मभन्दा लामो समयदेखि पार्टीमा लागेका साथीहरू पनि हुनुहुन्छ, तर निर्वाचन लड्न कसलाई पठाउने भन्ने कुरा पार्टीको विभिन्न तहको छलफलबाट टुङ्गो लाग्ने कुरा हो । पार्टीले गर्ने निर्णयमा परिवारवादको कुरा आउँदैन । नेपाली काङ्ग्रेसको इतिहासमा एउटै बुबाका तीन छोरा प्रधानमन्त्री भएका छन् । यो कुरा चुनावमा प्रतिपक्षहरूले लगाउने आरोप हो । पार्टीमा असन्तुष्टि छैन । त्यस्तो केही आएमा त्यसलाई समन्वय गरेर जान्छौँ ।

तपाईंले चुनाव लड्न नै पञ्चकन्या गाउँपालिकालाई टुक्र्याएको भन्ने आरोप छ नि ?

मैले पनि यो कुरा सुनेको छु । रमेश महतले नुवाकोटको संरचना टुक्र्याउन सक्छ ? मेरो पहुँचमा संरचना परिवर्तन हुन सक्छ कि सक्दैन ? भन्नका लागि जे भन्दा पनि हुन्छ । तर, यसमा मेरो कुनै संलग्नता छैन । पार्टीले जुन क्षेत्रमा पठाए पनि म चुनाव लड्न तयार थिएँ ।

रमेश महतलाई नै किन मत दिने ?

मलाई किन मत नदिने ? नेपाली काङ्ग्रेस यो देशको नागरिकको अधिकार, लोकतन्त्र, प्रजातन्त्रको लागि लडेको पार्टी । यहाँ त व्यक्तिभन्दा पनि पार्टी ठूलो हो । देशको हरेक परिवर्तनको नेतृत्व गरेको पार्टीलाई मत दिनुहुन्छ भन्ने विश्वास लिएको छु । म निर्वाचित भएँ भने त्यस क्षेत्रका पुराना अन्य साथीहरूको योग्यता–क्षमताको कदर गर्दै उहाँहरूलाई अगाडि बढाउँछु । म पार्टीको प्रतिनिधिको नाताले टिकट पाएको हुँ ।

काङ्ग्रेसमा पुराना नेताहरू समानुपातिकमा बसेर युवाहरूलाई प्रत्यक्षमा किन अवसर दिइएन ?

राजनीतिमा अवकाश कहिले हुने भन्ने कुरा हो । समानुपातिकमा बस्ने कि प्रत्यक्षमा चुनाव लड्ने भन्ने कुरा पार्टीले निर्णय गर्ने विषय हो । केही आवाज यस्तो नआएको पनि होइन । युवाहरूमा पनि नेतृत्व विकास पनि भइसकेको हुनुप¥यो । ठूला नेताहरू प्रत्यक्षमा लड्दा विपक्षलाई गाह्रो भएको होला, काङ्ग्रेसलाई त सजिलो भएको छ नि ?

निर्वाचनको चुनौती के छ ?

मैले त्यस्तो खास चुनौती देखेको छैन । नुवाकोटमा यसभन्दा अघि पनि तीनै क्षेत्र नेपाली काङ्ग्रेसले जितेको हो । पार्टी सङ्गठन मजबुत छ । स्थानीय तहको निर्वाचनमा पनि ७ वटा स्थानीय तहमा हामीले प्रमुख तिजेका छौँ । साङ्गठनिक र मतदाताको दृष्टिकोणले हामी मजबुत छौँ । निर्वाचन आफैँमा चुनौती हो प्रतिस्पर्धामा गइसकेपछि कुनै पनि कसुर बाँकी राखिन्न । व्यक्तिगत रूपमा पनि धेरै जनताले मलाई चिन्दछन् । म स्थानीयस्तरमा भिजेको छु । कहाँ सडक, पुललगायत विकास निर्माणमा लागेको छु ।

वाम गठबन्धनले कत्तिको चुनौती थपेको छ ?

मतदाताले गठबन्धनलाई स्वीकार गरेका छैनन् । म जति पनि ठाउँमा पुगेको छु टाउको मिलेर के भो भन्ने धेरै भेटेको छु । नेपाली काङ्ग्रेसले ती मध्यमार्गी मत लिन सक्यो भने सहजै जित्छ । मतदाता कुनै पनि पार्टीको कार्यकर्ता हुन सक्दैनन् । स्थानीय तहको मत परिवर्तन हुन सक्छ । सधँै त्यो मत रहिरहन्छ भन्ने पनि छैन ।

निर्वाचनका लागि आर्थिक जोहो कत्तिको गर्नुभएको छ ?

पैसाले हुने भए त व्यापार गरेर चुनावमा आए भइगो नि ? पार्टी किन चाहियो, सङ्गठन किन चाहियो । जसले पैसालाई आधार बनाउँछ, ऊ सफल हुँदैन । कसलाई किन्न जाने ? सामान्य यातायातको खर्च हुन्छ । गाउँमा हिँड्न खर्च हुन्छ ।

प्रस्तुति: विष्णु तारुके

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top