sujim bazar advert

अर्घाखाँची बस दुर्घटना,गम्भीर ८ जनालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइयो, ३७ जनाको बुटवलमा उपचार हुदै (फोटो सहित)

    अशोज २०, २०७४

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

अर्घाखाँची, २० असोज | मालारानी गाउँपालिका–३ सापडाडाँमा भएको बस दुर्घटनाका गम्भीर घाइते आठ जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडाँै पठाइएको छ ।

काठमाडौँ पठाइएकामा सन्धिखर्क –११ का गोमा बस्याल र शान्ता भुसाल, मालारानी गाउँपालिका–२ का २१ वर्षीय उमेश कुँवर र ३८ वर्षीया यमकला भुसाल, मालारानी–३ का १८ वर्षीय भानुभक्त आचार्य, ३१ वर्षीय इन्दिरा आचार्य खनाल, तिलोत्तमा नगरपालिका–३ की ६७ वर्षीया भविकला भट्टराई र गुल्मी धुर्कोटका शोभे सार्की छन् ।

टाउकामा चोट लागेका घाइतेलाई सेनाको हेलिकप्टरमार्फत त्रिवि शिक्षण अस्पतालमा सिफारिस गरिएको प्रजिअ पखमराज भुसालले बताउनुभयो ।

बस दुर्घटनाका ३७ घाइतेको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको र दुई सामान्य उपचारपछि घर फर्केका छन् । दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको थियो ।

डाँडकटेरीबाट बुटवलका लागि छुटेको लु १ ख ७५७८ नंको बस सडकबाट ६० मि तल खसेको थियो । बसमा यात्रु धेरै भएको र बाटो भासिँदा दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । -रासस

तस्विर: अर्घाखाँची सम्पर्क समिति यूएईबाट

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top