sujim bazar advert

जालपादेवि सामाजिक क्लब गैरिखकद्धारा शुभकामना आदानप्रदान

    अशोज १२, २०७४

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot

विदुर असोज १२, दशैको अवसर पारेर विदुर नगरपालिका वडा नंम्बर १० को जालपादेवि सामाजिक क्लब गैरिखर्कले बुधबार दशैको शुभकामना आदानप्रदान तथा उपाहार कार्यक्रम सम्पन्न गरेको छ ।

जिल्ला समन्वय समितिका सभापति सन्तमान तामाङको प्रमुख आतिथ्यता तथा क्लबका अध्यक्ष रामशरण थापाको सभापतित्वमा करिव १५ वटा संघसंस्थाका प्रतिनिधि लगायत उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका सभापति सन्तमान तामाङले देश संघियतामा गइसकेको अवस्थामा सामाजिक क्लबहरुको महत्व झन बढ्दै गएको धारण व्यत्त गर्नुभयो । साथै तामाङले जिम्मेवार भएर काम गर्न समेत निर्देशन दिनुभयो ।

त्यस्तै विदुर नगरपालिका वडा नं १० का अध्यक्ष गणेश कुमार नेपालले स्थानिय स्तरमा भएका समस्या तथा विकास निर्माणमा सबैले हातेमालो गर्न सके विकासले गति लिने बताउनुभयो । रेडक्रसका उपसभापति राजकुमार भट्टराईले आपतकालिन समयमा जस्तोसुकै समाधान पनि समाजभित्रै रहने भएकोले सम्पुर्ण समाज एकताबद्ध भई अगाडि बढ्दा सहज हुने धारणा व्यत्त  गर्नुभयो ।

कार्यक्रमको चिठ्ठा अन्र्तगत प्रथम पुरस्कारको रुपमा कुपन नं ४९१ कि पुजा धमलालाई ३२ इन्जको भिम टेलिभिजन, कुपन नं ७४२ कि इश्वरी नेपाललाई फ्रिजर र तेस्रो पुरस्कार कुपन नं ११४ का सौरभ वस्नेतलाई मोबाइल फोन प्रदान गरिएको थियो भने अन्य ८ जनालाई सानत्वना पुरस्कार प्रदान गरिएको थियो ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top