sujim bazar advert

योगा गर्नुहोस् यौनशक्ति बढाउनुहोस्

    भदौ २३, २०७४

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

बटरफ्लाई पोज (पुतली आसन)

पलेटी कसेर सीधा बस्नुस् र दुई कुर्कुच्चा जोडेर यसलाई यौनांगनजिक ल्याउने प्रयास अधितकम गर्नुहोस् । खुट्टाका औँलालाई दह्रोसँग समात्नुहोस्, गहिरो सास लिनुहोस् र तिघ्रालाई पुतलीको पखेटाजसरी फडफडाउनुहोस् र रफ्तार बढाउँदै लैजानुहोस् । यसो गर्नाले तिघ्राको भित्री भाग तन्किन्छ, हिपलगायत कम्मरमुन्तिरका भाग बलिया हुन्छन् । यसको सकारात्मक प्रभाव यौनजीवनमा पर्छ ।

१८० डिग्री स्प्लिट (हनुमानासन)

भुइँमा बसेर खुट्टालाई एक सय ८० डिग्रीमा फार्नुहोस् । अगाडिपट्टि तन्किएर सामुन्ने रहेको खुट्टाको कुर्कुच्चासम्म हात पु¥याउनुहोस् र ३० सेकेन्डसम्म यत्तिकै रहनुहोस् । यसले हिप र कम्मरमुन्तिरको भागमा रक्तसञ्चार तीव्र हुन्छ । सो क्षेत्रका मांसपेशीमा भएका तनाव हटाउँछ । यो आसनले तपाईंको यौन स्वास्थ्यलाई फाइदा पु-याउँछ । स्वास्थ्य खबरपत्रिकाबाट

माउन्टेन क्लाइम्बर पोज (पर्वतारोही आसन)

यो आसन गर्न सजिलो छ । भुइँतिर फर्किएर झुक्नुहोस् र दाहिने खुट्टा, दुइटा हात टेकेर तन्कनुहोस् । आफूलाई हिमाल चढ्न लागेको पर्वतारोहीको आसनमा पु¥याउन खोज्नुहोस् । अब देब्रे खुट्टाको सहाराले आफूलाई अघिकै आसनमा टेकाउनुहोस् र यसो गर्दा पर्वतारोहीले गर्नेजस्तै हाउभाउ गर्नहोस् । यसक्रममा गहिरो सास लिनुहोस् । यसो गर्नाले समग्र शरीरमा रत्तसञ्चार तीव्र हुन्छ । तिघ्राका भित्री मांसपेशी बलियो हुन्छ ।

कोब्रा पोज (भुजंगासन)

भुइँमा सुत्नुहोस् । हातका पञ्जा र तिघ्राको भरमा टाउकोलाई माथि उठाउनुस् । टाउको यसरी उठाउनुहोस्, गसरी गोमन सर्पले फणा उठाउँछ । सक्नुहुन्छ भने टाउको पछाडिपट्टि लैजानुहोस् र खुट्टा पछाडिबाट उठाएर टाउको छुवाउनुहोस् । गहिरो सास लिनुहोस् र केही बेरसम्म सास भित्रै रोक्नुहोस् । यही आसनमा ३० सेकेन्ड रहने कोसिस गर्नुहोस् । यसो गर्नाले तपाईंको ढाड, कम्मर, भुजाका जोर्नी आदि बलिया हुन्छन् । यस आसनले तपाईंको यौनशक्ति बढाउँछ ।

इन्भर्टेड प्लो (कर्णपिडासन)

यो आसन गर्दा शरीरलाई हलोको आकारमा लैजान खोज्नुपर्छ । यसका लागि भुइँमा उत्तानो फर्किएर सुत्नुहोस् । हात माथिपट्टि तन्काउनुहोस् । खुट्टा सीधा पार्नुहोस् र उचालेर बिस्तारै पछाडि लगी भुइँ छुनुहोस् । गहिरो सास लिनुहोस् र केही बेर रोक्नुहोस् । यसले शरीरका सम्पूर्ण मांसपेशीलाई तन्काउँछ । बाँझोपन भएका महिलाका लागि पनि यो आसन कतिपय अवस्थामा उपयुक्त हुन सक्छ ।

अन्य आसन


-जुनकिरी

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top