sujim bazar advert

विपिको ३४ औं स्मृति दिवस मनाइयो

    साउन ९, २०७३

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३४ औं स्मृति दिवस बिहीबार नुवाकोटमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

१९७१ साल भदौ २४ गते जन्मिएका विपीको घाँटीको क्यान्सरका कारण २०३९ साल साउन ६ गते निधन भएको थियो । क्रान्तिदृष्टा, सिद्धान्तनिष्ठ र अटल राष्ट्रवादका धनी बीपी साहित्यमा अराजक र राजनीतिमा व्यवहारवादी नेताको रुपमा चिनिन्छन् ।

नेपाली कांग्रेस नुवाकोटले जिल्ला अस्पताल त्रिशूलीमा उपचार गराइरहेका रहेका बिरामीहरुलाई फलफुल बितरण गरेको छ । प्रजातान्त्रिक आन्दोलनका अग्रता बिपि कोईरालाको स्मिृति दिबसमा नेपाली काँग्रेस नुवाकोटले फलफुल बितरण गरेको नेपाली काँग्रेस नुवाकोटका सचिब सुरेन्द्रराज अधिकारीले बताए ।

उत्पीडन, कठोर यातना र अत्यन्त कठिन अवस्थामा पनि राष्ट्रियता र प्रजातन्त्रप्रतिको आधारभूत निष्ठालाई नत्याग्ने बीपीले जीवनभर देश र जनताकै लागि संघर्ष गरे गरेका थिए ।

आफ्नो आस्था, आदर्श, सिद्धान्तबाट कहिल्यै पछि नहट्ने एक महान् राष्ट्रवादी चिन्तक स्वर्गीय कोइराला नेपाली राजनीतिमा मात्र नभई साहित्यका फाँटमा पनि त्यतिकै चर्चित छन् ।

कोइरालाका आत्मकथा, जेल जीवन, दोषी चस्मा, यहुदी र हिटलर, सुम्निमा, मोदीआइन, स्वेत भैरवी, तीन घुम्ती, नरेन्द्र दाईलगायतका थुप्रै बहुचर्चित कृति प्रकाशित छन् ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top