sujim bazar advert

चतुराले खोपयुक्त गाविस घोषणा

    साउन २, २०७३

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

नुवाकोट जिल्लाको पहिलो पूर्ण खोपयुक्त गाविसको रूपमा चतुरालेलाई बुधबार एक समारोहका बीच घोषणा गरिएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय नुवाकोट र नेपाल रेडक्रस सोसाइटीको पहलमा चतुराले गाविसलाई पूर्ण खोपयुक्त गाविस घोषणा गरिएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख विश्वराम श्रेष्ठका अनुसार चतुराले गाउँ विकास समितिका दुई वर्ष मुनीका ८४ जना बालबालिकाले ११ वटै खोप पाइसकेको तथ्याङ्कको आधारमा चतुरालेलाई पुर्ण खोपयुक्त गाविस घोषणा गरिएको हो ।

जिल्ला खोप अधिकृत राजेश्वरप्रसाद जैसवालका अनुसार चतुरालेमा ७० जना पुर्ण खोपयुक्त बालबालिका भएको अनुमानका साथ लक्ष्य राखिएकोमा ८४ पुगेकोले अभियान सफल भएको र गाविस घोषणा कार्यक्रम सम्पन्न गरिएको बताए ।

चतुराले गाउँ विकास समितिका अभिभावकहरू खोपमा सावधानी भएका कारण सबै बालबालिकाले सबै खोप पाएको र अन्य वर्ग र तहका नागरिकहरूले पनि सहयोग गरेकोले अभियान सफल भएको जिल्ला जनस्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख विश्वराम श्रेष्ठले बताए ।

चतुराले पछि नुवाकोट जिल्लाका अन्य सात वटा गाउँ विकास समितिलाई पूर्ण खोपयुक्त गाविस घोषणा गर्ने तयारी भइरहेको नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखाले जनाएका छ । रेडक्रसका उपसभापति राजकुमार भट्टरार्इृका अनुसार रेडक्रसले जिम्मा लिएको गाविसहरू मध्ये किम्ताङ्ग, मनकामना, चौघडा, लिखु, तलाखु गाविस छिट्टै नै पूर्ण खोपयुक्त गाविस घोषणा हुँदैछ ।

जन्मेदेखि दुई वर्ष मुनीका बालबालिकाहरूलाई विभिन्न ११ वटा खोल लगाईनु पर्नेमा ति सबै पूर्ण भएको र गाविसमा रहेका सबै बालबालिका उक्त खोप लगाउनबाट बञ्चित नभएमा पूर्ण खोपयुक्त गाविस घोषणा गर्न सकिने कार्यक्रम रहेको छ । नेपाल सरकारले तीन वर्ष देखि सञ्चालन गरेको यो अभियानबाट १९ वटा जिल्ला नै पूर्ण खोपयुक्त जिल्ला घोषणा भईसक्दा नुवाकोटमा भने बल्ल एउटा गाविस मात्रै घोषणा भएको छ ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top