sujim bazar advert

रातमाटेमा निःशुल्क शिविर

    साउन २, २०७३

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

विदुर/सर्वसाधारण्को सुविधाको लागि रातमाटे गाबिसमा विशेषज्ञ शल्यक्रिया सहितको आँखा उपचार शिबिर सम्पन्न भएको छ । नुवाकोट सामुदायिक आँखा केन्द्र, तिलगंगा आँखा प्रतिष्ठान काठमाडौ, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटको संयुक्त आयोजना सञ्चालित आंखा शिविरमा विभिन्न स्थानवाट छनौट भएका ५७ जनाको आंखाको मोतिया विन्दुको शल्यक्रिया गरिएको छ ।

शिविरमा रातमाटे, तारूका खड्गभन्ज्याङ्ग, बेलकोट तथा चौघडा गाविसमा गरिएको आँखा परिक्षण शिविरमा आंखा परिक्षण गरिएका सात सय जना मध्ये ५७ जना मोतियाविन्दुका रोगीको पहिचान गरि शल्यक्रिया गरिएको आयोजक नुवाकोट सामुदायिक आंखा केन्द्रका प्रमुख शंकर अधिकारीले बताए ।

तिलगंगा आँखा प्रतिष्ठानका बरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सिर्जना अधिकारीको नेतृत्वमा आएको १५ जनाको टोलिले विरामीको आँखा परिक्षण तथा शल्यक्रिया गरेको हो ।

नुवाकोट सामुदायिक आँखा केन्द्र गत २०६० साल चैत्र १ गते तिलगंगा आँखा प्रतिष्ठान तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटको संयुक्त सम्झौता अनुसार नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको भवनमा स्थापना गरिएको हो ।

मुनाफा रहित र समुदायमा आधारित सो आँखा केन्द्रमा स्थापनाकाल देखि हाल सम्म १ लाख भन्दा बढि विरामीहरूले सेवा प्राप्त गरिसकेको नुवाकोट सामुदायिक आंखा केन्द्रले जनाएको छ । साथै विभिन्न समुदायमा आँखा शिविर सञ्चालन गरि ४० हजार भन्दा वढि विरामीको उपचार र चार हजार पांचसय भन्दा वढि आंखाका विरामीहरूले मोतियाविन्दुको शल्यक्रिया गरि दृष्टि प्राप्त गरिसकेका छन् ।

bidur tax consultancy services in nuwakot

maan bina ko dhaan Nepali Movie

ताजा अपडेट

प्रतिक्रिया

Top