sujim bazar advert

अब मोबाइल फोनबाट शुद्ध पानी

    असार १९, २०७३

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

‘जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिँड’ भन्ने उखानै छ । आधुनिक प्रविधिको रुपमा रहेको मोबाइल फोन पनि राम्ररी प्रयोग गर्नेका लागि बरदान सावित भइरहेको छ भने यसको सदुपयोग गर्न नजान्नेका लागि हानीकारक तथा घाँडो पनि भएको छ ।

मोबाइल फोन सञ्चारको सुलभ साधन हो । यसले मानिसहरुको बीचमा सञ्चार सहज बनाइदिएको छ । तर, अब अफ्रिकीहरुका लागि मोबाइल फोन केवल सञ्चारको साधन मात्र होइन, शुद्ध पानी पिलाउने साधन पनि भएको छ ।

बेलायती वैज्ञानिकहरुले पानी प्रदुषण पत्ता लगाउने आधुनिक मोबाइल प्रविधिको विकास गरेपछि यस्तो सम्भव भएको हो । उक्त प्रविधि अन्तरगत एउटा डेटा ट्रान्समिटर बनाइएको छ, जुन जमिन मुनिको पानी तान्ने ह्याण्ड पम्पमा जडान गरिन्छ । यो ट्रान्समिटरले ह्याण्डपम्प अर्थात चाँपाकलको पानी खराब हुने वित्तिकै तुरुन्तै सम्बन्धित व्यक्तिको मोबाइलमा एसएमएस पठाइहाल्छ । यो ट्रान्समिटरयुक्त स्मार्ट ह्याण्डपम्पलाई परीक्षणका रुपमा केन्याका विभिन्न ७० वटा गाउँका चापाकलमा जडान गरिसकिएको छ ।

अक्सर्फोड विश्वविद्यालयका शोधकर्ताहरुले यही समस्यालाई मध्यनजर गर्दै शुद्ध पानी खुवाउने मोबाइल फोन प्रविधिको विकास गरेका हुन । यसबाट चापाकल प्राविधिक रुपमा बिग्रेको मात्र नभई पानी दुषित भएको समेत जानकारी चापाकल प्रयोगकर्ताले पाउँछन ।

अफ्रिकामा अधिकांश देशमा धेरै मानिस खानेपानीका लागि जमिनमुनिको पानी निकाल्न चापाकलमा निर्भर छन् । तर, यस्ता चापाकलहरु बेलाबेलामा बिग्रिने तथा भूमिगत पानी समेत प्रदुषित हुने गर्दा अफ्रिकीहरु अशुद्ध पानी खान बाध्य छन् ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top