sujim bazar advert

सावधान ! मोबाइल पड्केला

    असार १९, २०७३

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

हामीले मोबाइल पड्किएर मानिस घाइते भएको तथा ज्यानै समेत गएका समाचार बेलाबेलामा सुन्ने गर्दछौँ । वास्तबमा मोबाइल पड्कनु भनेको यसमा प्रयोग गरिएको ब्याट्री पड्किनु हो । पछिल्लो समयमा मोबाइलमा प्रयोग गरिएका कमजोर खालका ब्याट्रि बिस्फोट भएर यस्ता घटना हुने गर्छन् । तर, कहिलेकाहीँ अन्य विभिन्न खराबीले समेत मोबाइल पड्किन सक्छ । त्यसैले मोबाइल बिस्फोटबाट जोगिनका लागि निम्न उपाय अपनाउनुपर्छ ।

१. मोबाइल फोन खरिद गर्दा ब्याट्री सक्कली मात्र किन्नुहोला । सस्तो पाइयो भन्दैमा जस्तो ब्याट्री पनि किनेर प्रयोग गर्नुहुन्न ।
२. बढी तापक्रम भएको ठाउँमा मोबाइल राख्नु हुँदैन । चलिरहेको कम्प्युटर, ल्यापटप वा टेलिभिजन सेटमाथि मोबाइल राख्नु खतरनाक हुन्छ । त्यस्तै आगोको नजिक पनि मोबाइल राख्नु हुँदैन ।
३. मोबाइल प्रयोग निषेध लेखिएका ठाउँमा मोबाइल प्रयोग गर्नुहुँदैन । माइक्रोवेब टावर तथा विजुलीका ठूला उपकरणको नजिक मोबाइल प्रयोग गर्नु ज्यादै खतरनाक हुन्छ । मोबाइल फोनको सेटलाई पानीबाट जोगाउनुपर्छ । मोबाइलभित्र पानी पस्यो भने सर्किट सट भएर विस्फोट हुन सक्छ ।
४. चार्ज गरिरहेको बेला मोबाइल फोन धेरै तात्यो भने सावधान हुनुपर्छ । यदि त्यस्तो भयो भने तुरुन्त चार्जबाट निकालेर प्राविधिकलाई देखाउनुपर्छ ।
५. भोल्टेज अनियमित छ तथा पावर प्लग ठीक छैन भने पनि मोबाइल चार्ज नगर्नुहोस् । यस्तोमा चार्जरको तल झिल्का उठ्ने र मोबाइलमा आगलागी हुने सम्भावना बढी हुन्छ । यो ज्यादै खतरनाक हुन्छ ।
६. मोबाइलको सुविधाहरु भन्दा त्यसको गुणस्तरमा ध्यान दिनुपर्छ । सस्तोको चक्करमा परेर कमजोर मोबाइल सेट किन्नु हुँदैन । ‘सस्तो बेसाहा, पेट लागी मर’ भनेझैँ त्यसले दुर्घटना निम्त्याउन सक्छ ।
एजेन्सीको सहयोगमा अनुवादः विशाल सापकोटा

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top