२०८१, १३ बैशाख बिहीबार

बिना पसिना क्यालोरी घटाउन तरिका

    असार १८ २०७३ २३:५१

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

स्वाँस्वाँ र फ्वाँफ्वाँ गर्दै पसिना पुछिपुछि तपाईँको क्यालोरी या मोटोपन घटाउनु पर्दैन । अब घरका बसेर टेलिभिजन हेरिराख्नु भन्दा यो सल्लाहलाई पछ्याउनुहोस, तपाईँको मोटोपन घट्नेछ ।

भिटामिन डिः विभिन्न रिसर्च अनुसार जो मानिसमा भिटामिन डिको कमी छ, उसलाई मोटोपन घटाउन गाह्रो हुने तथ्याङ्क छ । दिनको २,००० मिलिग्राम भिटामिन डिको सेवनले तपाईँको माटोपन घट्ने छ ।

कफी: सबैभन्दा छिटो क्यलोरी घटाउन नियमित कफीको सेवन गर्नुहोस ।

ओछ्यान: सकेसम्म चौबिस घन्टामा ७ देखि ९ घन्टासम्म सुत्ने बानीले तपाईँको मोटोपन घटाउन सहयोग पुग्दछ ।

काम: घरको खाना पकाउनेदेखि भाडाँ सफा गर्ने, लुगा घुने जस्ता घरायसी काम आफैँले गरेको राम्रो हुन्छ ।

खाना: २ या ३ पटक चिल्लो पोसिलो खानु भन्दा ५–६ पटक सादा खाना खानु क्यालोरी हटाउन फाईदाजनक हुन्छ ।

हाँसो: दिनको १० देखि २० मिनेट हाँस्दा ५० क्यलोरीको नास हुन्छ ।

हिडाई: हिँड्ने बानी गर्नुहोस् । कतै जानु परेमा मिटिङमा ढिलो भएसरी छिटो छिटो हिड्नुहोस् ।

बिहानी खाजा: बिहान कफी भन्दा पहिले साधारण खाजा जस्तै उसिनेको अण्डाका सेतो भाग या फलफुल खाने बानी गर्नुहोस ।

चल्ने बानी: हरेक १ घण्टामा पाँच मिनेट चल्ने बानी गर्नुहोस्।

चञ्चल: तपाईँ बस्दा पनि आफ्नो खुट्टा हल्लाईरहने बानी गर्नुहोस, १ दिनमा ३५० क्यालोरी घट्न सक्छ ।

पानी: तपार्ईँको मोटोपन घटाउन ३० प्रतिशतसम्म मद्दत पु¥याउने एक मात्र तरिका दिनको १० ग्लास पानी पिउने बानी हो ।

चुईगम: चुईगम चपाउने बानीले तपाईँको पटक पटक टन्न खाने बानी कम हुन्छ र मोटोपन घटाउन सहयोग गर्छ ।

डेरी खाना:  डेरी खानामा चिल्लोपन कम हुने हुनाले यसको सेवन गर्ने बानी गर्नुहोस ।

पेडोमीटर: पेडोमीटर (कदम नाप्ने यन्त्र)को प्रयोग गरी एक दिनमा १०,००० पाईलाको लक्ष्य राख्नुहोस ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top