sujim bazar advert

हातमा हुने एक्जीमा

    असार १८, २०७३

Sizen Education Consultancy Pvt. Ltd.

heal
Big Education Consultancy Nuwakot
global ime bank flash loan

हातमा हुने एक्जीमा (एक प्रकारको छालामा लाग्ने चिलाउने खालको रोग)लाई हातको डर्माटिस पनि भनेर चिनिन्छ । विश्वको लगभग १० प्रतिशत मानिसहरु यो समस्याबाट गुज्रीरहेको हुन सक्छ । एक्जीमा विभिन्न कारणबाट हुन्छ शरीरमा हुने आन्तरिक गडबढी, शृंगार तथा रसायनिक पदार्थबाट हुने प्रतिक्रिया तथा एर्लजीबाट एक्जीमा हुन सक्छ । सरसफाइको काम गर्ने, क्याटरिङमा काम गर्ने, कपाल काट्ने, क्लिनिकमा काम गर्ने तथा मेकानिकल काम गर्ने व्यक्तिहरुमा एक्जीमा हुने सम्भावना बढी हुन्छ । चिलाउने तथा दुख्ने यो रोग सरुवा रोग नभए पनि रोगीको विभिन्न क्षेत्रमा यसले प्रभाव पार्दछ । बिरामीले हातले काम गर्न नसक्नु, अरुको अगाडि देखाउन नसक्नु तथा आफै देखेर घृणा लागेर आउनु यो रोगको प्रमुख समस्या हो जसले गर्दा बिरमीको जीवनमा प्रत्यक्ष असर पार्दछ ।

हातमा हुने एक्जीमाले औँला तथा हातको अगाडि र पछाडी दुवैमा असर गर्दछ । सामान्य चिलाइबाट सुरुवात हुने एक्जीमा समयमा उपचार नगरे डरलाग्दो समस्याको रुपमा देखा पर्दछ । सुरुमा हातका औँलाको कापमा चिलाउने, रातो पानीका दानाहरु देखा पर्दछन् र पछि यो फुट्ने तथा सुनिने र दुख्ने हुन्छ । विभिन्न कारणले इन्फेक्सन हुन गई छालाको पत्र निस्कने र पुरै हात रातो भएर फुट्ने हुन्छ । हातको एक्जीमा हुने व्यक्तिलाई पाखुरा तथा खुट्टाको एक्जीमा हुने सम्भावना बढी हुन्छ ।

एक्जीमा खासगरी तीन प्रकारले सुरुवात हुन्छ ।

१) चिडचिडाहटबाट हुने एक्जीमा
आफूलाई चिडचिडाहट हने वस्तुको सम्पर्कबाट एक्जीमा सुरु हुन सक्छ । जस्तै रसायनिक पदार्थ, स्याम्पु, तेल इत्यादि । यस्तो एक्जीमा सुरुमा हातको पछाडी देखा पर्दछ र क्रमिक रुपमा अन्य ठाउँमा फैलिदै जान्छ । यदि यस्तो वस्तुहरुसँग दैनिक सम्पर्कमा आउनुपर्ने व्यक्तिलाई एक्जीमा देखा परेमा यी वस्तुहरुको सम्पर्कबाट तुरुन्तै टाढा बस्नुपर्छ अन्यथा समस्या जटिल बन्छ र उपचार सम्भव हुँदैन ।

२) एलर्जीबाट हुने एक्जीमा
कसैलाई कुनै वस्तुबाट हुने एलर्जीबाट पनि एक्जीमा सुरुवात हुन्छ । चिडचिडाहटबाट हुने एक्जीमा जस्तो यो तुरुन्त देखा पर्दैन र यसबाट समयमा नै बच्न सकिन्छ । आफूलाई एलर्जी हुने वस्तुबाट टाढै बस्नाले एलर्जीबाट हुने एक्जीमाबाट बच्न सकिन्छ ।

३) वंशाणुगत एक्जीमा
कुनै व्यक्तिलाई वंशाणुगत कारणले पनि एक्जीमा हुने सम्भावना हुन्छ ।

लक्षणहरुः
एक्जीमाका लक्षणहरु निम्न प्रकारका हुन्छन् ।

१) हात तथा औँलाका कापहरुमा रातो दागहरु देखा पर्नु
२) ती दागहरुसँगै पानीका फोकाहरु निस्कनु
३) फोका आएको ठाउँमा चिलाउनु र दुख्नु
४) छाला सुख्खा भएर जानु र छालाका पत्रहरु निस्कन थाल्नु
५) राता दागहरु देखापरी फुट्न थाल्नु र त्यस्ता ठाउँहरु सुनिन थाल्नु

उपचार:
एक्जीमा तुरुन्तै उपचार गर्न सम्भव हुँदैन तर, विभिन्न चरणको परीक्षण र उपचार गरी यसलाई कम भने गर्न सकिन्छ । चिडचिडाहट र एलर्जीबाट हुने एक्जीमा त्यस्तो वस्तुबाट टाढै रहेर कम गर्न सकिन्छ भने पन्जा लगाएर काम गर्नाले पनि एक्जीमाबाट बच्न सकिन्छ ।
हातलाई प्रशस्त चिसोपना आवश्यकता पर्ने हुनाले मोइस्चराइजरको प्रयोग गर्नु एकदम आवश्यक हुन्छ । त्यस्तै गरी स्टेरलाइज गरिएका मलम लगाएर दुखाई तथा पोलाइलाई कम गर्न सकिन्छ ।

वंशाणुगत एक्जीमा उपचार गर्न गाह्रो हुन्छ तर, विभिन्न प्रविधि प्रयोग गरेर यसलाई कम गर्न सकिन्छ । यस्तो एक्जीमाको उपचार सन् २००८ बाट सुरुवात गरिएको थियो जसमा भिटामिन ‘ए’ लाई प्रयोग गरिन्छ । छालामा विभिन्न सोरियासिसहरुलाई रखिएर बनाइएको क्याप्सुल प्रत्येक दिन एउटा प्रयोग गर्न लगाइन्छ । ६ महिनासम्म लगातार प्रयोग गर्नाले कम्तिमा ५० प्रतिशत जति एक्जीमा कम गर्न सकिने दावी गरिएको छ ।

एजेन्सीको सहयोगमा

अनुवादकः विशाल सापकोटा

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top