sujim advert

श्राद्धको प्रसाद खाँदा नुवाकोटमा गाउँले नै विरामी

    असार १६, २०७३

sizen education new intake 2025
ananda Jewellery shop

sharadha sick people
bidur tax consultancy services in nuwakot

विदुर – छिमेकीको घरमा श्राद्धको प्रसाद खाँदा जिलिङ गाविसमा विरामी परेका १७ जना मध्ये चार जना गम्भीर रहेका छन् ।

विरामी मध्ये एक जनाको जिल्ला अस्पताल त्रिशूली, एक जनाको कान्ति वाल अस्पताल र दुई जनाको त्रिवि शिक्षण असपताल महाराजगन्जमा उपचार भइरहेको छ ।

जिलिङ गाविस वडा नं. २ बेसीथोकका बच्चुराम पुडासैनीको घरमा पितृप्रसाद खाएपछि घरधनी वच्चुरामसहित १७ गाउँले र आफन्तहरू विरामी परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

विरामी भएकामध्ये ११ वर्षिय दीपक पुडासैनीको त्रिशूली अस्पताल, ३६ वर्षिया लक्ष्मी र इश्वरी पुडासैनीको त्रिवि शिक्षण अस्पताल महाराजगन्ज र ११ वर्षिय प्रतिक पुडासैनीको कान्ति वाल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक ऋषिराम कँडेलले बताए । १३ जनाको जिल्ला अस्पताल त्रिशूली र वांकी तीन जनाको अवस्था गम्भिर भएपछि काठमाडौंमा उपचार भइरहेकोे छ । श्राद्धमा आएका निम्तालुहरूले खिरलगायतका परिकार खाएपछि उनीहरू विरामी परेका थिए ।

orchid academy nuwakot admission open 11 grade
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top