sujim bazar advert

श्राद्धको प्रसाद खाँदा नुवाकोटमा गाउँले नै विरामी

    असार १६, २०७३

Sizen Education Consultancy Pvt. Ltd.

sharadha sick people
Big Education Consultancy Nuwakot
global ime bank flash loan

विदुर – छिमेकीको घरमा श्राद्धको प्रसाद खाँदा जिलिङ गाविसमा विरामी परेका १७ जना मध्ये चार जना गम्भीर रहेका छन् ।

विरामी मध्ये एक जनाको जिल्ला अस्पताल त्रिशूली, एक जनाको कान्ति वाल अस्पताल र दुई जनाको त्रिवि शिक्षण असपताल महाराजगन्जमा उपचार भइरहेको छ ।

जिलिङ गाविस वडा नं. २ बेसीथोकका बच्चुराम पुडासैनीको घरमा पितृप्रसाद खाएपछि घरधनी वच्चुरामसहित १७ गाउँले र आफन्तहरू विरामी परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

विरामी भएकामध्ये ११ वर्षिय दीपक पुडासैनीको त्रिशूली अस्पताल, ३६ वर्षिया लक्ष्मी र इश्वरी पुडासैनीको त्रिवि शिक्षण अस्पताल महाराजगन्ज र ११ वर्षिय प्रतिक पुडासैनीको कान्ति वाल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक ऋषिराम कँडेलले बताए । १३ जनाको जिल्ला अस्पताल त्रिशूली र वांकी तीन जनाको अवस्था गम्भिर भएपछि काठमाडौंमा उपचार भइरहेकोे छ । श्राद्धमा आएका निम्तालुहरूले खिरलगायतका परिकार खाएपछि उनीहरू विरामी परेका थिए ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top