sujim bazar advert

कोइकाले १० स्वास्थ्य चौकी पुनर्निर्माण गर्ने

    असार १६, २०७३

Sizen Education Consultancy Pvt. Ltd.

Koica
Big Education Consultancy Nuwakot
global ime bank flash loan

कोरियन इन्टरनेसनल को–अपरेसन एजेन्सी (कोइका) ले भूकम्पबाट क्षतिग्रस्त भएका नुवाकोटका १० स्वास्थ्यचौकीको पुनर्निर्माण सुरु भएको जनाएको छ ।

कोइकाले स्वास्थ्य मन्त्रालय र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) साझेदारीमा भूकम्पबाट क्षतिग्रस्त १० स्वास्थ्यचौकी र सामुदायिक जिल्ला अस्पताल पुनर्निर्माण सुरु गरेको हो । बेलकोट गाविसको वडा नं. ५ तिगाउँ पुगेर कोरियन राजदूत चोई योङ जीनले स्वास्थ्य चौकीहरूको पुनर्निर्माण सुरु भएको घोषणा गरेका हुन् । ‘भूकम्पबाट क्षति पुगेर उपचारमा समस्या भएका १० स्वास्थ्य चौकीको पुर्ननिर्माण गर्दैछौँ, उनले भने, ‘तीन महिनाभित्र पुर्ननिर्माणको काम सम्पन्न हुने छ ।’

बेलकोटसहित चारघरे, सूर्यमति, थप्प्रेक, पञ्चकन्या, रातमाटे, दुईपिपल, सिसडोल, घ्याङफेदी र लिखु गाविसमा स्वास्थ्यचौकी पुनर्निर्माण गर्ने लक्ष्य राखिएको छ । ‘१० वटामध्ये तीन वटा स्वास्थ्य चौकी अहिले पनि टेन्टमै सञ्चालन भइरहेको र बाँकी अस्थायी रूपमा दुःखसुख गरेर चलाइरहेको जिल्लाका स्वास्थ्य कार्यालयका प्रमुख विश्वराम श्रेष्ठले बताए ।

कोइकाले त्रिशूलीमा दुई वर्षभित्र जिल्ला अस्पतालको भवनसमेत निर्माण गर्नेछ । स्वास्थ्य चौकी पुनर्निर्माणका कारण १० गाविसका ५० हजार जनालाई प्रत्यक्ष स्वास्थ्य सेवा पुग्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । अस्पतालसहित १० स्वास्थ्यचौकीका लागि कोरियाले ८४ करोड रुपैयाँ सहयोग गरेको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

कोइकाले भूकम्पपछिको पुनर्निर्माणका लागि सरकारले दाता सम्मेलनमा १ अर्ब सहयोगको घोषणा गरेकोमा १६ करोड डोजरलगायत उपकरण किन्नमा सहयोग गरेको कोरियाले बाँकी सबै रकम नुवाकोटमा खर्च गर्न लागेको हो । बर्थिङ सेन्टरसहितको स्वास्थ्य चौकी निर्माणका लागि यूएनडीपीले २० नेपाली इन्जिनियरलाई तालिम दिनुका साथै निर्माणमा सहयोग गरेको छ । अत्याधुनिक तरिकाले निर्माण हुने भवनमा स्थानीय स्रोत साधन तथा जनशक्ति परिचालन गर्ने लक्ष्य राखिएको छ । ‘प्राविधिक रूपमा योग्य आधुनिक स्वास्थ्य भवन बनाउन लागेका छौं,’ यूएनडीपीकी उपकार्यकारी निर्देशक सोफीले भनिन्, ‘यसमा दक्ष जनशक्ति परिचालन गरिनेछ ।’ स्वास्थ्य चौकी समयमै बनाउन सरकारले पनि सहयोग गर्ने भएको छ । नुवाकोटका प्रमुख जिल्ला अधिकारी विष्णु पोखरेलले पुनर्निर्माणले स्वास्थ्य सेवा दिनमा ठूलो सहयोग हुने र यसका लागि सरकारले सहयोग गर्ने बताए । ‘समयमै स्वास्थ्य चौकी निर्माणका लागि सरकारले सहयोग गर्नेछ, यसबाट धेरै स्थानीयले फाइदा लिन सक्नेछन्,’ उनले भने ।

भूकम्पका कारण क्षति भएर आवश्यक सेवा पाउन नसकिरहेको बेला स्वास्थ्य चौकी निर्माणको सुरुवातले स्थानीय खुसी देखिएका छन् ।

बेल्कोट गाविसका पूर्वउपाध्यक्ष रामहरि पाण्डेले अमेरिकामा बसोबास गर्दै आएका तिगाउँका अच्यूत सिग्देल, विष्णु रानामगर, निरञ्जन पाण्डे र प्रदीपजंग पाण्डेको आर्थिक सहयोगमा सो स्वास्थ्यचौकी भवन बनाउन जग्गा खरिद गरिएको जानकारी दिए ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top