+
Search

ताजा अपडेट +

पपुलर +

आगामी वर्ष २०७७/७८ को नुवाकोटको बजेट

nuwakot district budget 2077-78 nepal
डबली खबर
५ साल अगाडी

विदुर – आगामी वर्ष २०७७/७८ का लागि संघीय सरकारले नुवाकोटको विभिन्न क्षेत्रमा कार्य गर्नको लागि बजेट अनुदान उपलब्ध गराएको छ ।

नुवाकोटका १२ स्थानीय तहलाई तीन अर्ब ४४ करोड ९ लाख रूपैयाँ अनुदान दिने दिने निर्णय भएको अर्थमन्त्रालयले जनाएको छ ।

विदुर नगरपालिकाले ५२ करोड ९४ लाख र बेलकोटगढी नगरपालिकाले ४३ करोड १० लाख बजेट अनुदान पाउने भएको छ ।

ककनी गाउँपालिकाले ३० करोड ६८ लाख, किस्पाङले २२ करोड १६ लाख, तादीले २३ करोड ६८ लाख, तारकेश्वरले २२ करोड ८ लाख, दुप्चेश्वरले २६ करोड ७१ लाख पाउने भएका छन् ।

पञ्चकन्या गाउँपालिकाले २२ करोड २५ लाख, म्यागङले २० करोड ५५ लाख, लिखुले २३ करोड ९६ लाख, शिवपुरीले ३२ करोड २ लाख र सूर्यगढीले २३ करोड ७८ लाख अनुदान पाउने अर्थ मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ