+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटका कोरोना संक्रमित व्यक्ति निको भइ ‘डिस्चार्ज’

discharge coronavirus covid-19 patient nuwakot from today-min
डबली खबर
५ साल अगाडी

विदुर – नुवाकोटका कोरोना संक्रमित भनिएका व्यक्ति तेस्रोपटकको परीक्षणमा पनि नेगेटिभ आएपछि शुक्रबार ‘डिस्चार्ज’ भएका छन् ।

गत जेष्ठ ११ गते पिसिआरमा पोजेटिभ देखिएका ककनी गाउँपालिका-३ चाउथे का नवराज ढुंगाना टेकु अस्पतालको आइसोलेशनमा भर्ना भएका थिए । उनलाई बुधबार दोस्रो र आज तेस्रोपटक परीक्षण गरिएको थियो।

उनी कोरोना संक्रमणको पुस्टि नभएपछि आज शुक्रबार डिस्चार्ज भएका हुन् ।

अब नुवाकोटमा कोहि पनि कोरोना संक्रमित नरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ