+
Search

ताजा अपडेट +

पपुलर +

बस दुर्घटनामा १३ जनाको मृत्यु

Accident
डबली खबर
७ साल अगाडी

अमरगढी / डडेल्धुराबाट डोटी जाँदै गरेको बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ३५ जनाभन्दा बढी यात्रु घाइते भएका छन् ।

भाडामा लिइएको डोटीको क्रिस बोर्डिङ स्कूल बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । अमरगढी-५ स्थित उग्रतारा मन्दिरमा आज लागेको मेलाबाट घर फर्किँदै गरेका यात्रु दुर्घटनामा परेका हुन् ।

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासी घाइतेको उद्धारमा खटिएका छन् । घाइतेलाई उपचारका लागि डडेल्धुरास्थित उपक्षेत्रीय अस्पताल लगिँदै छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ