+
Search

ताजा अपडेट +

पपुलर +

वर्डप्रेसको महोत्सव ‘वर्डक्याम्प काठमाडौं’ असोज २ र ३

word camp kathmandu.wordcamp.org
डबली खबर
२ मिनेट अगाडी

असार ९, नुवाकोट । नेपालको वर्डप्रेस समुदायको वर्डक्याम्प काठमाडौं २०२६ आगामी असोज २ र ३ गते आयोजना हुने भएको छ ।

नेपाल र दक्षिण एसियाकै सबैभन्दा ठूलो वर्डप्रेस सम्मेलनको रूपमा परिचित कार्यक्रमको पहिलो दिन  अर्थात् सेप्टेम्बर १८, २०२६ मा कन्ट्रिब्युटर डे र सेप्टेम्बर १९, २०२६ मा ‘कन्फरेन्स डे’ गरी दुई दिनसम्म चल्नेछ ।

ऐतिहासिक काठमाडौं उपत्यकाको सांस्कृतिक धरोहरसँग जोडेर आयोजना गरिएको यो कार्यक्रमले विकासकर्ता, डिजाइनर, ब्लगर र व्यवसायीहरूलाई एकै ठाउँमा ल्याउने छ।

कार्यक्रममा शुरुआतीदेखि विज्ञसम्मका लागि विभिन्न सत्र, वर्कशप र अन्तरक्रियात्मक छलफलहरू हुनेछन्।

सहभागीहरूले नयाँ प्रविधि, ट्रेन्ड र व्यावहारिक सीप सिक्ने अवसर पाउनेछन्।

‘कन्ट्रिब्युटर डे’ मा सहभागीहरूले वर्डप्रेसको विकासमा प्रत्यक्ष योगदान दिन सक्नेछन् ।

‘कन्फरेन्स डे’ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्पिकरहरूसँग नेटवर्किङ गर्ने मौका मिल्नेछ।

वर्डक्याम्प आयोजकका अनुसार यो कार्यक्रमले नेपाली कलाकारिता, परम्परा र समुदायको भावनालाई ओपन सोर्स कम्युनिटीको भावनासँग जोड्ने प्रयास गरेको छ।

भक्तपुरका नेवारी कुँड्कार, मन्दिरका दीप आदि जस्ता सांस्कृतिक तत्वहरूलाई कार्यक्रमको थिममा समेटिएको छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ