+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

१५ जना प्रतिवादीहरू पक्राउ

१५ जना प्रतिवादीहरू पक्राउ
डबली खबर
१ महिना अगाडी

२ चैत, विदुर । जिल्ला प्रहरी कार्यालय नुवाकोटले आर्थिक वर्ष २०८२/०८३ को फागुन महिनामा सम्पादन गरेका विभिन्न कार्यहरूको प्रगति विवरण सार्वजनिक गरेको छ। प्रहरीले अपराध अनुसन्धान, शान्ति सुरक्षा, सवारी दुर्घटना न्यूनीकरण र समुदाय केन्द्रित सचेतना कार्यक्रमहरूलाई प्राथमिकतामा राखेर कार्य सम्पादन गरेको छ।

सि.नं.मुद्दाको शीर्षकदर्ता संख्याफछ्र्योट संख्याबाँकी संख्याअभियुक्त पक्राउ
नागरिकता सम्बन्धी कसुर
विष सेवन
ठगी
बैंकिङ कसुर
फुटकर ज्यान
आत्महत्या (झुण्डी/विष)
अभद्र व्यवहार
कर्तव्य ज्यान
अपराध दर्ता तथा अनुसन्धानको अवस्था

प्रगति विवरण अनुसार गत महिनामा नागरिकता सम्बन्धी कसुर, बैंकिङ कसुर, ठगी र ज्यान सम्बन्धी मुद्दाहरू दर्ता भएका छन्। यस अवधिमा विभिन्न मुद्दाका १५ जना प्रतिवादीहरूलाई पक्राउ गरिएको छ । फैसला कार्यान्वयनतर्फ १२ जना फरार प्रतिवादीहरू पक्राउ परेका छन्। उनीहरूबाट ११ महिना १७ दिन कैद र १७ हजार ५० रुपैयाँ जरिवाना असुल उपर गरिएको छ।

नुवाकोट जिल्लामा आत्महत्याको तथ्याङ्क यस महिना निकै चुनौतीपूर्ण देखिएको छ। फागुनमा कुल ८ वटा आत्महत्याका घटना भएका छन् । आत्महत्याको प्रयास ५ जनाले गरेको उल्लेख छ । प्रहरीले सक्रियता देखाउँदै २ जनाको उद्धार गर्न सफल भएको छ। यस्ता घटना न्यूनीकरणका लागि प्रहरीले विशेष कार्ययोजना बनाएर निगरानी बढाइरहेको जनाएको छ।

सडक सुरक्षा र सवारी दुर्घटनाको क्षेत्रमा पनि प्रहरीको सक्रियता देखिएको छ। यस महिना १० वटा सवारी दुर्घटना भएका छन्, जसमा १ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्। दुर्घटनाको मुख्य कारण मादक पदार्थ सेवन, तीव्र गति र सडकको अवस्था रहेको जनाएको छ। जाँचका क्रममा ३०८ वटा सवारीसाधनलाई कारबाही गरी ३ लाख १७ हजार ५०० रुपैयाँ राजस्व संकलन गरिएको छ।

विवरणमहिलाबालकबालिकाज्येष्ठ नागरिकपुरुषजम्मा
हराएको संख्या२०
फेला परेको संख्या१७
फेला पर्न बाँकी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक तथ्याङ्क

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकतर्फ घरेलु हिंसाका ५ वटा उजुरी परेका छन्। यस्तै, हराएका २० जनामध्ये १७ जनालाई फेला पारिएको छ, जसमा बालक र बालिकाको संख्या बढी रहेको छ। ३ जना अझै फेला पर्न बाँकी रहेको र खोजी कार्य जारी रहेको प्रतिवेदनमा उल्लेख छ।

कार्यक्रमपटकपुरुषमहिलाजम्मा
आत्महत्या न्यूनीकरण४५४५९०
चोरी नियन्त्रण३८२२६०
लागुऔषध विरुद्ध२२१८४०
घरेलु हिंसा सचेतना२०२०४०
बाल यौन दुरुपयोग१८२७४५
अन्य७६४९३३५०८४३
कुल१००६३६४८२१,११८
समुदाय-प्रहरी साझेदारी: सचेतना कार्यक्रम

सामुदायिक सुरक्षा सुदृढ गर्न ‘समुदाय तथा विद्यालय केन्द्रित कार्यक्रम’ अन्तर्गत १०० वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएका छन्। महिला हिंसा न्यूनीकरण, लागुऔषध विरुद्धको सचेतना, मानव बेचबिखन, र सडक सुरक्षा जस्ता १३ वटा शीर्षकमा यी कार्यक्रमहरू भएका हुन्। यसबाट जिल्लाका १ हजार ११८ जना नागरिक प्रत्यक्ष लाभान्वित भएका छन्।

प्रहरीले नागरिकको गुनासो र सेवालाई सहज बनाउन प्रविधिको पनि प्रयोग बढाएको छ। आन्तरिक सुरक्षाका लागि फागुन महिनामा ६ वटा नयाँ सीसीटीभी क्यामेरा जडान गरिएका छन्। यस्तै, प्रहरी कार्यालयको हटलाइन र डी.ए. को सम्पर्क नम्बरमा २९२ पटक फोन कलहरू आएको र १ हजार ७५० जना सेवाग्राहीले प्रत्यक्ष सेवा लिएको देखिन्छ।

शान्ति सुरक्षाका लागि प्रहरीले नियमित परिचालनलाई तीव्रता दिएको छ। यस महिना ३ पटक ‘एलआरपि’ र ५४७ पटक ‘एसआरपि’ परिचालन गरिएको थियो ।

साथै, प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्लाभर ८४० जना प्रहरी र १७२९ जना निर्वाचन प्रहरी परिचालन गरिएको विशेष जानकारी पनि प्रतिवेदनमा समावेश छ।

प्रहरी कर्मचारीहरूको मनोबल उच्च राख्न कार्यालयले रचनात्मक कार्यहरू पनि गरेको छ । नियमित बैठकमार्फत कर्मचारीका गुनासा सम्बोधन गर्ने र फागुन महिनामा जन्मदिन परेका २२ जना प्रहरी कर्मचारीहरूलाई सम्मान पत्रसहित शुभकामना दिने कार्य गरिएको छ । यस्ता क्रियाकलापले प्रहरी सेवालाई थप व्यावसायिक र जनमुखी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ