+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा प्रहरीको सक्रियता

office of Nuwakot police
डबली खबर
३ महिना अगाडी

२ माघ, विदुर । जिल्ला प्रहरी कार्यालय नुवाकोटले चालु आर्थिक वर्षको पुस महिनामा अपराध अनुसन्धान तथा नियन्त्रणमा उल्लेखनीय प्रगति हासिल गरेको छ।

यस अवधिमा विभिन्न अपराधहरू जस्तै जबरजस्ती करणी, बहुविवाह, बालविवाह, बोक्सी आरोप, चोरी, लागूऔषध दुरुपयोग, आत्महत्या तथा फरार प्रतिवादी पक्राउमा विशेष जोड दिइएको थियो।

तथ्यांकअनुसार मुद्दामा २३ जना फरार प्रतिवादी रहेका छन् । दुई वटा मुद्दा सफल अनुसन्धान गरी फर्छ्योट भएका छन्। नुवाकोट प्रहरीले २० जना फरार प्रतिवादी पक्राउ गरी १४ वर्ष ८ महिना ८ दिन कैद र ३६ लाख ४९ हजार रुपैयाँ जरिवाना असुली गरिएको छ।

उक्त अवधिमा मादक पदर्श सेवन, तीव्र गति, सडकको अवस्थालगायतको कारण ८ वटा सवारी दुर्घटना भएका छन् । जसमा १० जना घाइते र १० जनाको उद्धार गरेको छ।

विभिन्न स्थानमा गरिएको सवारी जाँचमा कारवाहीबाट १ लाख ९७ हजार ५०० रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक संरक्षणमा १८ वटा उद्धार तथा विभिन्न कार्यक्रम सञ्चालन भएका थिए ।

शान्ति सुरक्षा कायम गर्न जिल्लाका विभिन्न स्थानीय तहहरुमा जनचेतना कार्यक्रम सञ्चालन गरेको छ । समुदाय तथा विद्यालयमा १४५ वटा सचेतनामूलक कार्यक्रममार्फत लागूऔषध, मदिरा दुरुपयोग, ट्राफिक नियम तथा महिला हिंसा जस्ता विषयमा जनचेतना फैलाइयो।

प्रहरीले अपराध नियन्त्रण, शान्ति सुरक्षा र नागरिकमैत्री सेवा प्रवाहमा निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ