+
Search

ताजा अपडेट +

पपुलर +

वंशजको आधारमा २३४ वटा नयाँ नागरिकता वितरण

nepali citizenship certificates-sample-2
डबली खबर
१ महिना अगाडी

१ चैत, विदुर । जिल्ला प्रशासन कार्यालय नुवाकोटले चालुआर्थिक वर्ष माघमहिनाको आफ्नो कार्य सम्पादन विवरण सार्वजनिक गरेको छ ।

कार्यालयको विवरणअनुसार प्रशासन शाखाले विभिन्न प्रशासनिक सेवाहरू प्रवाह गरेको छ । जसमा १ वटा संस्था दर्ता, ८ वटा संस्था नवीकरण र ९ वटा ठाडो उजुरी दर्ता भएका छन् । साथै, १३ वटा विविध सिफारिस, १२ वटा विस्फोटक पदार्थ इजाजत पत्र नवीकरण र ९१ वटा सवारी पास जारी गरिएको विवरणमा उल्लेख छ ।

कार्यालयले वंशजको आधारमा २३४ वटा नयाँ नागरिकता वितरण गरेको छ । ४८० जनालाई नागरिकताको प्रतिलिपि उपलब्ध गराएको छ । यसैगरी, १७ वटा नाबालक परिचय पत्र जारी गरिएको छ । यस अवधिमा वैवाहिक वा अंगीकृत नागरिकता वितरण भएको छैन ।

राहदानी सेवातर्फ पनि कार्यालयको सक्रियता देखिएको छ। ४२० वटा राहदानी आवेदन फारम संकलन र ५४६ वटा राहदानी सेवाग्राहीलाई हस्तान्तरण गरेको छ ।

प्रशासनमा ४७ लाख ८५ हजार रुपैयाँ राजस्व संकलन

राष्ट्रिय परिचयपत्र व्यवस्थापनतर्फ व्यक्तिगत विवरण संकलन कार्यलाई तीव्रता दिइएको छ। यस महिनामा जम्मा १ हजार ८७ जनाको व्यक्तिगत विवरण संकलन गरिएको छ । परिचयपत्र वितरणको अवस्था हेर्दा ३०८ वटा राष्ट्रिय परिचय पत्र वितरण गरिएको छ ।

राजस्व संकलनमा राहदानी दस्तुरबापत २ करोड ७४ लाख १८ हजार ८०० रुपैयाँ संकलन भएको छ । यसबाहेक एजेन्सी रजिष्ट्रेशन दस्तुरबाट १ लाख ६१ हजार ४०० रुपैयाँ, प्रशासनिक दण्ड जरिवानाबाट ४६ हजार ९८० रुपैयाँ र अन्य विभिन्न शीर्षकहरू सहित ठूलो परिमाणमा सरकारी राजस्व कोषमा जम्मा भएको छ ।

शान्ति सुरक्षा र मुद्दा व्यवस्थापनमा मुद्दा शाखामा अभद्र व्यवहारका २ वटा नयाँ मुद्दा दर्ता भएका छन् । यस महिना १० वटा मुद्दा फछ्यौट भएका छन् भने ११ वटा मुद्दाहरू अझै फैसला हुन बाँकी रहेको अवस्था छ ।

बजार अनुगमन र खाद्य गुणस्तर नियन्त्रणका लागि कार्यालयले १ पटक बजार अनुगमन गरी १२ वटा पसलहरूको निरीक्षण गरेको छ । खाद्य नमुना संकलनतर्फ १६ वटा नमुना संकलन गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ