+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

निर्वाचन: आकस्मिक सेवाका लागि नेपाल रेडक्रस सोसाइटी नुवाकोट तयारी अवस्थामा

निर्वाचन: आकस्मिक सेवाका लागि नेपाल रेडक्रस सोसाइटी नुवाकोट तयारी अवस्थामा
डबली खबर
१ महिना अगाडी

१९ फागुन, विदुर । बिहीबार हुन गईरहेको प्रतिनिधिसभा सदस्य पदको निर्वाचनलाई मध्यनजर गर्दै नेपाल रेडक्रस सोसाइटी (नेरेसो) नुवाकोट जिल्ला शाखाले आफ्ना आकस्मिक सेवाहरूलाई उच्च प्राथमिकताका साथ ‘अलर्ट’ अवस्थामा राखेको छ।

निर्वाचनको समयमा हुन सक्ने सम्भावित आकस्मिक घटनाहरूलाई ध्यानमा राखी रेडक्रसले नियमित रक्त सञ्चार सेवा, एम्बुलेन्स सेवा, र आकस्मिक प्राथमिक उपचार सेवा लगायतका कार्यहरूलाई चुस्त बनाएको नेरेसोका सभापति हरि श्रेष्ठले जानकारी दिए ।

नेरेसो केन्द्रीय कार्यालयको परिपत्र तथा जिल्ला प्रशासन कार्यालय नुवाकोटको निर्देशनलाई आत्मसात गर्दै जिल्ला शाखाले मातहतका २३ वटै उपशाखाहरूलाई आवश्यक सहजीकरण र समन्वयका लागि पत्राचार गरिसकेको नेरेसोका कार्यालय प्रमुख समुन्द्रबाबु अधिकारीले जानकारी दिए ।

निर्वाचन अवधिभर मानवीय सहायताका कार्यमा कुनै कमी हुन नदिन स्वयम्सेवक र प्राविधिक टोलीलाई तयारी अवस्थामा राखिएको शाखाले जनाएको छ।

निर्वाचनको समयमा कुनै पनि स्वास्थ्य सम्बन्धी आपतकालीन अवस्था आएमा नेरेसोका व्यक्ति तथा केन्द्रहरूमा सम्पर्क गर्न सकिने जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ