२५ माघ, काठमाडौं । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आयोजनामा आजदेखि रजत जयन्ति तथा नेपाल आदिवासी ज्ञान सम्मेलन/महोत्सव सुरु भएको छ।
ज्ञानको साझा, सम्पदाको संरक्षण, भविष्यको निर्माण भन्ने मूल नारासहित आयोजना हुन लागेको सम्मेलनको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गरेको हुन् ।
नेपालका आदिवासी जनजातिको मौलिक ज्ञान, संस्कृति, परम्परा र पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा उजागर गर्ने लक्ष्य लिएको आयोजकले जनाएको छ।
सम्मेलनमा गृह मन्त्री सम्माननीय ओमप्रकाश अर्याल, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगर, आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगर, थारु आयोगका अध्यक्ष सुबोध सिंह थारु, नेफिन अध्यक्ष गेल्जे लामा शेर्पालगायतको सहभागिता रहको थियो ।
सम्मेलनमा आदिवासी ज्ञान, अधिकार, संस्कृति, नीति तथा अन्तर्राष्ट्रिय अभ्याससम्बन्धी बहस, प्रस्तुति र अनुभव आदान–प्रदान गरिने आयोजकको भनाइ छ।
राष्ट्रियसभा गृहमा सुरु भएको सम्मेलन माघ २७ गतेसम्म सञ्चालन हुनेछ ।