+
Search

ताजा अपडेट +

पपुलर +

सुरक्षा बिथोलिन सक्ने भन्दै प्रशासनले लगायो मोटरसाइकल र्‍यालीमा रोक

kathmandu district administrative office
डबली खबर
६ महिना अगाडी

२४ असोज, काठमाडौं । नेकपा एमाले निकटको राष्ट्रिय युवा सङ्घ नेपालले शनिबार र्‍याली गर्ने तयारीबीच प्रशासनले र्‍याली, जुलुश, धर्ना, सभा र प्रदर्शनजस्ता कार्यक्रमलाई रोक लगाएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले एक सूचना जारी गर्दै शनिबारका दिन फरक फरक समूहहरूले काठमाडौंका विभिन्न स्थानहरुमा मोटरसाइकल ऱ्याली तथा सभा गर्ने भनी सूचना आएको भन्दै र्‍याली, जुलुश, धर्ना, सभा र प्रदर्शनजस्ता गतिविधिले सुरक्षा चुनौती बढाउन सक्ने भएकाले कोही कसैलाई स्वीकृत नदिने प्रष्ट्याएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ