+
Search

ताजा अपडेट +

पपुलर +

भोली राजधानीमा मोटरसाइकल र्‍याली

motorcycle rally
डबली खबर
६ महिना अगाडी

२४ असोज, काठमाडौँ । राष्ट्रिय युवा सङ्घ नेपालले देशभक्ति र राष्ट्रिय एकताको सन्देश दिने उद्देश्यले भोली शनिबार राजधानीमा भव्य मोटरसाइकल र्‍याली आयोजना गर्ने भएको छ ।

दिउँसो १ बजे तीनकुनेबाट सुरु हुने र्‍याली बानेश्वर, त्रिपुरेश्वर, दरबारमार्ग, कमलपोखरी, ज्ञानेश्वर, एयरपोर्ट हुँदै पुनः तीनकुनेमै सम्पन्न हुनेछ ।

संस्थाका अध्यक्ष क्षितिज थेबेले र्‍यालीले राष्ट्रिय एकता, खरानीबाट समृद्धिको यात्रा र युवाको अग्रणी भूमिकाबारे सशक्त सन्देश दिने विश्वास व्यक्त गरेका छन् ।

उनका अनुसार, र्‍यालीमा राजधानीका विभिन्न क्षेत्रका देशभक्त युवाहरूको व्यापक सहभागिता रहनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ