+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमै विदेशी भाषा सिक्ने सकिने

learn multi language in Nuwakot
डबली खबर
८ महिना अगाडी

२६ साउन, विदुर – वैदेशिक रोजगार बोर्डले रोजगारीका लागि विदेश जाने हरेक कामदारका लागि सीप र भाषा अनिवार्य गरेसँगै नुवाकोट पनि भाषा तथा सीप सिकाउने संस्थाहरु सञ्चालनमा आएका छन् । जसका कारण काठमाडौंसम्म पुगेर भाषा सिक्नुपर्ने बाध्यता हटेको छ।

विदुर नगरपालिकाको बट्टार र कोलेनीमा आधा दर्जनभन्दा बढी भाषा सिकाउने परामर्श तथा केन्द्र सञ्चालनमा छन् । जापानको लागि सिजेन एजुकेशन कन्सल्टेन्सी, बिग एजुकेशन कन्सल्टेन्सी, सुसी जापानी भाषा स्कूल, पायोनियर एजुकेशनल कन्सल्टेन्सी एण्ड भिसा सर्भिसेज, मार्विन एजुकेशन कन्सल्टेन्सी, लोजिक कोरियन इन्सिच्युटलगायतका अन्य संस्थाहरु सञ्चालनमा छन् ।

वैदेशिक रोजगारी वा भ्रमणको लागि लागि जाने हो त्यसबारे पूर्ण जानकार हुनुपर्ने साइजेन एजुकेशन कन्सल्टेन्सी प्रालिका निर्देशक रोशन अधिकारी बताउँछन् । भाषा सिक्नु भएको छैन भने अबदेखि तपाईको वैदेशिक रोजगारी वा भ्रमणको यात्रा रोकिन पनि सक्छ । भाषाले काम र यात्रालाई सहज बनाउने उनले बताए । छोटो समयमै पैसा कमाउनको लागि जापान उपयुक्त नरहेको बताए ।

यस्तै, जिल्लामा कोरिया भाषा सिकाउँदै आईरहेको लोजिक कोरियन इन्सिच्युटका सुप्पल तामाङले भने “सन् २०२४ मा ९० प्रतिशत विद्यार्थीलाई उत्कृष्ट अङ्कसहित उत्तीर्ण गराएर देशकै अग्रणी भाषा तालिम संस्थाको रुपमा उभ्याउन सफल भयौं।”

उत्तीर्ण विद्यार्थीहरु मध्ये ३० जनाले १०० मा शत प्रतिशत अङ्क ल्याएर ऐतिहासिक उपलब्धि हासिल गरेको उनले बताए । दैनिक रुपमा युनिभर्सल, कम्प्युटर र पेपर बेस टेस्ट लगायतका नियमति परीक्षा तालिमहरुको व्यवस्थापन गरिरहेको उनले बताए ।

नुवाकोट जिल्लामै विभिन्न देशका भाषा सिक्न सकिने सुविधा थपिँदै छ । अहिलेसम्म जापान, कोरिया, जर्मन जस्ता देशका भाषा सहज रुपमा सिक्न सकिने छ ।

सरकारले गत माघ १ देखि वैदेशिक रोजगारीमा जाने कामदारलाई सम्बन्धित देशको भाषामा तालिम दिने सुरुवात गरेको थियो । वैदेशिक रोजगार विभागले देशगत रूपमा भाषागत अभिमुखीकरण तालिम सञ्चालन गर्न सम्बन्धित संस्थालाई निर्देशन गरेको थियो।

वैदेशिक रोजगारीमा जाने कामदारलाई देश र भाषागत तालिम सञ्चालन गर्दा रोजगारदाता देशमा समस्या नहुने भएकोले यसका लागि खाडी देश, मलेसिया, जापान, दक्षिण कोरिया युरोप र अन्य गरी ६ वटा क्लस्टर तोकिएको छ। देशगत क्लस्टर तोकिएपछि अभिमुखीकरण तालिमका लागि संस्था खोज्दै हिँड्नुपर्ने  झन्झट नहुने व्यवसायी बताउँछन्।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ