+
Search

ताजा अपडेट +

पपुलर +

पदक विजेता खेलाडी प्रमुख र उपप्रमुखबाट पुरस्कृत

hapkido player in Nuwakot
डबली खबर
१० महिना अगाडी

२३ असार, नुवाकोट । बेलकोटगढी नगरपालिकाका प्रमुख जगतबहादुर गुरुङ र उपप्रमुख शिवप्रसाद दाहालले अन्तर्राष्ट्रिय हाप्किडो च्याम्पियनसिपमा पदक जित्न सफल दुई खेलाडीहरुलाई पुरस्कार प्रदान गरेका छन् ।

किर्गिस्तान हाप्किडो फेडेरेसन र ग्लोबल हाप्किडो एसोसिएसनको सहकार्यमा गत जुन २४ र २५ तारिख किर्गिस्तानको बिस्केकमा आयोजित अन्तर्राष्ट्रिय हाप्किडो च्याम्पियनसिपमा पदक विजेता बेलकोटगढी-४ का दुई जना खेलाडीलाई पुरस्कृत गरिएको हो ।

उक्त प्रतियोगितामा समिर गुरुङले एक स्वर्ण र सरोज गुरुङले एक रजत पदक जितेको थियो ।

पदक विजेता द्वयलाई नगरप्रमुख गुरुङ र उपप्रमुख दाहालले नगद एक लाख १८ हजार रुपैँया प्रदान गरेका छन् ।

खेलका माध्यमबाट देशको गरिमा अन्तर्राष्ट्रिय जगतमा वृद्धि गरेकामा खेलाडीहरूको सराहना गर्दै नगरप्रमुख गुरुङले खेल जित्न सकिन्छ भन्ने उच्च मनोबल र अठोटका साथ प्रतिस्पर्धा गर्न सुझाव दिए ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ