+
Search

ताजा अपडेट +

पपुलर +

स्वास्थ्य स्वयंसेविकाहरूलाई औषधी र झोला

Medicine and bags for health volunteers
डबली खबर
११ महिना अगाडी

२० असार, नुवाकोट । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था गुड नेबर्स इन्टरनेशनल नेपालले स्वास्थ्य स्वयंसेविकाहरूलाई औषधी र झोला वितरण गरेको छ ।

शुक्रबार आयोजित एक कार्यक्रमका बीच ४० महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई औषधि, कागजात र सामग्रीहरू व्यवस्थित गर्न झोलाहरू प्रदान गरिएको जनाएको छ ।

उक्त संस्थाले रुडेक नेपालसँगको साझेदारीमा दुप्चेश्वर र पञ्चकन्या गाउँपालिकामा स्वास्थ्य आमा समूह सुदृढीकरण कार्यक्रम आयोजना गर्दैछ।

कार्यक्रमको उद्देश्य घरमै प्रसव घटाउन, आवश्यक स्वास्थ्य ज्ञानले आमाहरूलाई सशक्त बनाउन र समग्र समुदायको कल्याणलाई प्रवर्द्धन गर्न सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको कार्यक्षमता बढाउनु रहेको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ