+
Search

ताजा अपडेट +

पपुलर +

पुरुषलाई प्रोष्टेट क्यान्सरबाट बचाउन शिविर सञ्चालन, ११८ जना पुरुषले लिए स्क्रिनिङ सेवा

lab technician checking a prostate cancer screening camp in Bidur ward 13 kalyanpur health post
डबली खबर
११ महिना अगाडी

२५ जेठ, नुवाकोट । विदुर नगरपालिकाले प्रोष्टेट क्यान्सरबाट बचाउन ४० वर्षमाथिका पुरुषका लागि नि:शुल्क दुईदिने स्क्रिनिङ शिविर सञ्चालन गरेको छ ।

विदुर नगरपालिकाले चालुआर्थिक वर्षमा सबै वडाबासीको स्वास्थ्यसम्बन्धी चासो र चिन्ता बढाउँदै गतिविधि गरिरहेको छ । यसैक्रममा नगरपालिकाको वडा नं. ३ र १३ मा पुरुषमा हुने प्रोष्टेट क्यान्सरबाट बचाउन पुरुषका लागि प्रोष्टेट क्यान्सर स्क्रिनिङ शिविर सञ्चालन गरिएको नगरप्रमुख राजन श्रेष्ठले बताए ।

खड्गभञ्जायाङ स्वास्थ्य चौकी र कल्याणपुर स्वास्थ्यचौकीमा गरिएको दुईदिने नि:शुल्क स्क्रिनिङ शिविरमा एकसय १८ जना पुरुषले सेवा लिएका छन् । खड्गभञ्जायाङमा ६९ र कल्याणपुरमा ४९ जना पुरुषले जाँच गराएको नगरपालिका स्वास्थ्य प्रमुख रामराजा भण्डारीले जानकारी दिए ।

कार्यक्रममा विदुर नपा-१३ का अध्यक्ष भरतबहादुर तामाङले प्रोष्टेट क्यान्सर स्क्रिनिङ वडाको पहिलो अभ्यास रहेकोले वडाबासीले उचित लाभ लिएको बताए ।

दुईदिने शिविरमा जाँच गरिएकोमा ६ जनालाई थप उपचारको लागि काठमाडौँ पठाईएको जनाएको छ ।

मेरी स्टोर्स सर्भिसेको प्राविधिक सहयोगमा युरोसर्जन जीतबहादुर श्रेष्ठको विशेषज्ञको टोली सेवा प्रदान गरेका थिए ।

युरोसर्जन श्रेष्ठले पुरुषमा जन्मजात प्रोष्टेट हुन्छ र उक्त व्यक्तिमा प्रजनन शक्ति हुने जानकारी दिए ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ