+
Search

ताजा अपडेट +

पपुलर +

खानेपानी सुनिश्चताको लागि मन्त्रीलाई ध्यानाकर्षण

bidur drinking water supply meet director general
डबली खबर
१ साल अगाडी

२३ पुस, नुवाकोट । विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले मुहान सुरक्षित गर्न र खानेपानी सुनिश्चताको लागि खानेपानी मन्त्री प्रदीप यादवलाई ध्यानाकर्षण गराएको छ ।

सोमबार संस्थाका अध्यक्ष संजिवबहादुर श्रेष्ठसहितको टोलीले खानेपानी मन्त्रालय पुगेर मन्त्री यादवलाई फलाखु मुहानको पाईप लाईन बाढी र पहिरोबाट सुरक्षित गर्न ध्यानाकर्षण गराएको हो ।

विदुर नगरपालिकाका वडा नम्बर १, २, ४, ५, ६, ८ र ९ का चार हजार ७०० घरधुरीलाई खानेपानी उपलब्ध गराउँदै आएको संस्थाले वर्षाको समयमा बाढी र पहिरोबाट प्रत्येक वर्ष लाखौँको नोक्सानी व्यहोर्नु परेको छ । सोहिअनुसार दीर्घकालिन पाईप लाईन सुरक्षितको लागि मन्त्री यादवलाई पत्र दिएको संस्थाका अध्यक्ष श्रेष्ठले बताए ।

भेटमा अध्यक्ष श्रेष्ठले मन्त्रीलाई तादी खोला नजिक निर्माणाधीन सम्पवेलमा सौर्य उर्जाबाट सञ्चालन गर्न, नगरपालिकाको वडा नम्बरहरु १, ८ र ९ का उपभोक्ताहरुको लागि खानेपानी लाईनको पाईप विस्तार गर्नको लागि डिपिआर तयार गरी बजेट विनियोजन गर्न समेत माग गरेको छ ।

गत पुस ६ गते मन्त्री यादवले संस्थाको अनुरोधमा फलाखु मुहानको स्थलगत निरीक्षण समेत गरेका थिए ।

सोमबारनै अध्यक्ष श्रेष्ठले खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठ र शहरी खानेपानी तथा सरसफाई (क्षेत्रगत) आयोजनाका निर्देशक राजेन्द्र सापकोटालाई भेटेर विदुर खानेपानीको वस्तुस्थित बारे जानकारी गराएको थियो ।

विभागका महानिर्देशक श्रेष्ठले निर्माणाधीन सम्पवेलमा सौर्य उर्जाबाट सञ्चालन गर्न डिपिआर तथा स्थल निरीक्षणको लागि विज्ञसहितको केहि सातामै टोली पठाईदिने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ